हेटौंडा : ३९ वर्षीय श्याम लामा बुधबार बिहान खुब खुसी देखिन्थे। उनले ३ दिनपछि पेटभरि खाना खान पाएका थिए। उनको आँखामा खुसी प्रस्टै देखिन्थ्यो। ‘खाना यति धेरै मिठो त मलाई सायदै पहिला लाग्यो,’ प्लाष्टिकको थालमा भएको भातको गाँस मुखमा हाल्दै उनले भने। हुन त यसअघि पनि उनी भोको पेट नबसेका होइनन्। अक्सर उनी भोको पेट लिएर सडकको पेटीमै निदाउने गर्थे। बिहान हेटौंडामा परेको पानीमा भिजेका उनले चिसो लुगामा तातो खाना खान औधि खुसी देखिए। बाटोमा भेटिने प्लाष्टिकको बोतल र कागज