स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता गर्दा यी कागजात चाहिने, कति लाग्छ धरौटी रकम ?

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार देशैभर उम्मेदवारी दर्ता भइरहेको छ।  यो क्रम सोमबार पनि जारी रहनेछ ।  उम्मेदवारी दर्ताका लागि वडा सदस्यमा ५००, वडाध्यक्षमा १ हजार र अध्यक्ष–उपाध्यक्ष वा मेयर–उपमेयरमा १ हजार ५०० रुपैयाँ धरौटी राख्नुपर्नेछ । निर्वाचन आयोगले यस्तो धरौटी महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा ५० प्रतिशत छुट हुने जनाएको छ । उम्मेदवारी दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : ५ बजेसम्म देशभर कुल ४७ हजार ६१७ उम्मेदवारी दर्ता

काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज जारी छ। आज बिहान १० देखि अपराह्न ५ बजेसम्मको लागि मनोनयन दर्ताको समय तोकिएको भएपनि लाइनमा भएका उम्मेदवारहरुको रातिसम्म पनि उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले बताएको छ। ७५३ स्थानीय तहमध्ये केहीमा मनोनयन दर्ताको काम सकिएको तर केहीमा भने जारी रहेको बताइएको…

अपडेटः २८८०५ जनाले गराए उम्मेदवारी दर्ता (जिल्लागत विवरणसहित)

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तरगत ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य जारी रहेको जनाएको छ । आयोगले हालसम्म २८८०५ जनाले मनोनयन गर्दा गराएको र यो क्रम अझै जारी रहेको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा ११७० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १०५० जनाले दर्ता गराएका छन् । यसैगरी उपप्रमुख पदमा ६३१ तथा उपाध्यक्ष पदमा ६०६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा ७ हजार ६६२ जना, महिला सदस्य पदमा ४४३१, महिला

स्थानीय निर्वाचन २०७९ अपडेट : १८,७४२ उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोमबार दोस्रो दिन पनि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ । चुनावका लागि देशभरका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरू उम्मेदवारी दर्ता गरिरहेका छन् ।निर्वचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्मको तथ्यांकमा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १८ हजार ७ सय ४२ जनाको उम्मेदवारी परेको छ । जसमा मेयरको प्रमुखमा ८६३, अध्यक्षमा ६९५,उपप्रमुखमा ४२४,उपाध्यक्षमा ३८९,वडाध्यक्षमा ५०५४, महिला सदस्यमा ६१०८,दलित महिला सदस्यमा २८५४, सदस्य २३५५ गरी १८७४२ जनाको

धनगढीमा स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराए

धनगढी– स्थानीय तह निर्वाचन २०७९ का लागि धनगढी उपमहानगरपालिकामा व्यवसायी गोपाल हमालले उम्मेदवारी दर्ता गर्राका छन् । उनले चार जना वडा अध्यक्ष सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गएका छन् । धनगढी उपमहानगरपालिकालाई विकास, सुशासन र आर्थिक समृद्धिको नमुना शहर बनाउने उद्घोषका साथ दोस्रो पटक नगरप्रमुख पदमा उम्मेदवारी दिएका हुन् ।उनको साथमा […]

स्थानीय तह निर्वाचन : खोटाङमा साना राजनीतिक दलद्वारा उम्मेदवारी दर्ता

खोटाङ । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पहिलो दिन आइतबार जिल्लाका ठुला राजनीतिक दलले उम्मेदवारी दर्ता गराएनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुङ्ग्याउन नसकेका कारण सत्ता सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) सहित प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उम्मेदवारी दर्ता गराउन नसकेका हुन् । […]

वीरगञ्ज महानगर प्रमुखमा ठुला दलहरुको उम्मेदवारी दर्ता सोमबारमात्रै

स्थानीय तह निर्वाचन अन्तर्गत वीरगञ्ज महानगरपालिकाको प्रमुख, उपप्रमुख पदमा ठुला राजनीतिक दलका तर्फबाट सोमबारमात्र उम्मेदवारी दर्ता हुने भएको छ । सत्तारुढ गठबन्धन दलहरुबीच विभिन्न विषयमा सहमति जुटाउन बाँकी रहेको र पार्टीभित्रको आन्तरिक विवाद पनि सल्टाउनुपर्ने भन्दै ठुला दलहरुले सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने जनाएका हुन् ।गठबन्धनको तर्फबाट वीरगञ्ज महानगर प्रमुखमा जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहले उम्मेदवारी दिएका छन् । उनले सोमबार दिउँसो २ बजेमात्रै उम्मेदवारी दर्ता गर्ने जानकारी द

स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता

११ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले ११ र १२ वैशाख (आज र भोलि)का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो । आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन् । […]

स्थानीय तह निर्वाचन कार्यक्रम सार्वजनिक, वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले शुक्रबार आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । आयोगका अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ गने उम्मेदवारको नामामावली सार्वजनिक हुने तय गरिएको छ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते फिर्ता लिन सकिनेछ भने त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम ना

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।

स्थानीय तह निर्वाचन आचारसंहिताः उम्मेदवार बन्न राजीनामा अनिवार्य

काठमाडौं, चैत ४ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । राजपत्रमा बिहीबार जारी स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ अनुसार पदमा बहाल रहेर जनप्रतिनिधिले उम्मेदवार बन्न नपाउने भएका हुन् । अब स्थानी तहका जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्दा राजीनामा पत्र दर्ता गरेको निस्सासमेत प्रमाणका रूपमा पेस […]