निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तरगत ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य जारी रहेको जनाएको छ । आयोगले हालसम्म २८८०५ जनाले मनोनयन गर्दा गराएको र यो क्रम अझै जारी रहेको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा ११७० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १०५० जनाले दर्ता गराएका छन् । यसैगरी उपप्रमुख पदमा ६३१ तथा उपाध्यक्ष पदमा ६०६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा ७ हजार ६६२ जना, महिला सदस्य पदमा ४४३१, महिला