खडेरीका कारण हिउँदे बाली प्रभावित

पर्वत – लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बाली प्रभावित बनेका छन्। झण्डै पाँच महिनासम्म वर्षा नहुँदा जिल्लाका किसानले लगाएका हिउँदे बालीनाली लगाएका किसान चिन्तित बनेका हुन्। किसानले लगाएका आलु, गहुँ, जौ, तोरीलगायत हिउँदे खेतीको उत्पादन घटेर करोडौँको नोक्सानी हुने अवस्था देखिएको छ। पर्वतमा अहिले मकैबाली लगाउने याम भएको छ। वर्षा नहुँदा धान काटेपछि बाँझै […]

सम्बन्धित सामग्री

खडेरीका कारण हिउँदे बाली प्रभावित

पर्वत – लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बाली प्रभावित बनेका छन्। झण्डै पाँच महिनासम्म वर्षा नहुँदा जिल्लाका किसानले लगाएका हिउँदे बालीनाली लगाएका किसान चिन्तित बनेका हुन्। किसानले लगाएका आलु, गहुँ, जौ, तोरीलगायत हिउँदे खेतीको उत्पादन घटेर करोडौँको नोक्सानी हुने अवस्था देखिएको छ। पर्वतमा अहिले मकैबाली लगाउने याम भएको छ। वर्षा नहुँदा धान काटेपछि बाँझै […]

'माघ धमालधुमुल गरेरै सकियो, अब पानी परे पनि हिउँदे बाली सप्रिने आशा छैन'

हिउँदे बर्षाको आशमा गुल्मेली किसान, पानी नपर्दा करिव साढे ६ हजार हेक्टरको हिउँदे बाली प्रभावित अहिले गहुँ, जौ, तोरी, केराउ र लहरे बालीले खेतबारी ढकमक्क हुने समय हो । तर, बर्षात् नहुँदा...

वर्षा न हिउँ

हिउँद सकिन लाग्दासम्म हिमपात नहुँदा लेकाली डाँडाकाँडा र हिमशृंखला उराठलाग्दा भएका छन् । पुसपछि हिउँले सेताम्मे देखिने हिमाली डाँडा यसपालि फुस्रा देखिएका छन् । वर्षा र हिमपात नहुँदा सिँचाइ नपुगेर हिउँदे बाली चक्र नै प्रभावित भएको छ । हिउँखोलाका जलस्तर र पानीका मूल सुकेका छन् । नदी–खोलाको जलस्तर घट्दा विद्युत् उत्पादनसमेत प्रभावित भएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णालीको जुम्लामा हिमपात

काठमाडौं । सुदूरपश्चिमको पहाडी जिल्ला र कर्णालीको जुम्लामा हिमपात भएको छ । सुदूरपश्चिमको बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको स्थानीयले बताएका छन् ।  सिगासमा आज बिहानदेखि हिमपात भएको का किसान दानसिंह बोहराले बताए । हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।  यसैबीच हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको बोहराले बताए । राससको सहयोगमा

शीतलहरबाट जनजीवन प्रभावित

जलेश्वर । दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन् । दिनानुदिन बढ्दै गएको जाडोले कामकाज गर्न पाएका छैनन् । बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको जिल्लास्थित स्वास्थ्य संस्थाले जनाएका छन् । बारी र खेतमा लगाइएको हिउँदे बाली, […]

खडेरीका कारण गहुँ उत्पादनमा कमी

बझाङ ।  लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिँउदे बालीको उत्पादनमा कमी आएको छ । जिल्लाको सेती, कालंगा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइ सुविधा भएका सीमित क्षेत्रमा अकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा कमी आएको छ । लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत हिउँदे बालीको उत्पादनमा कमी आउँदा जिल्लामा खाद्य संकट हुने देखिएको छ ।       यो वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका¬ १ का किसान अमृत शाहीले बताए । ‘हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो । सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो । त्यो पनि असिनाले चुटेर सखापै बनायो । एकातिर खडेरीले सुकायो, अर्कातिर असिनाले नष्ट भयो’’, उनले भने ।      यस वर्ष आउन सक्ने खाद्य संकटबाट भोकमरी हुन नदिन खडेरीपीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताए । प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहतस्वरूप खाद्यान्न वितरण गर्नुपर्ने र बर्खे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।      अकासे पानीको भरमा खेती हुने क्षेत्रमा ९० प्रतिशत उत्पादन घटेको किसानहरु बताउँछन् । खडेरीका कारण जिल्लाभरि १५ हजार बढी हेक्टरमा गहुँ, जौ, केराउ, मसुरोलगायतका हिँउदे बाली लगाइएकामा ६ हजार २०० हेक्टरमा उत्पादन शून्य रहेको र असिनाले ९ हजार ३३६ मेट्रिक टन हिउँदे बाली पूर्ण रूपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए ।      जिल्लामा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ । जिल्लामा वार्षिक सरदर ३२ हजार मेट्रिक टन अन्न उत्पादन हुने गरेको छ । यहाँको जनसंख्याको अनुपातमा सात हजार मेट्रिक टन अपुग हुने गर्दछ । खडेरीका कारण जिल्लाको कुल जनसंख्याको ४५ प्रतिशत जनसंख्या भोकमरीको चपेटामा पर्ने देखिन्छ भने १४ हजार घरधुरीलाई खाद्य संकट हुने विष्टले बताए । यसपालि खडेरीले उत्पादनमा कमी आउँदा १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने केन्द्रले जनाएको छ । रासस

खडेरीले हिउँदे बाली प्रभावित

देउखुरी । लामो समयदेखि पानी नपर्दा दाङका उर्वर भूमि बाँझै रहेका छन् । झन्डै पाँच महिनादेखि खडेरी परेका कारण दाङमा हिउँदे खेती प्रभावित बनेको छ । दाङका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा चिन्तित बनेका छन् । आकासेपानीको भरमा हिउँदे खेती गर्दै खाएका कृषकको तोरी, मसुरो, गहुँ, जौजस्ता बालीनाली प्रभावित भएका छन् । गत असोजको अन्तिम सातादेखि वर्षात् हुन सकेको छैन । पानी नपरेपछि खेतबारी बाँझै रहेको घोराही उपमहानगरपालिका–९ का किसान जगमती चौधरी बताउँछिन् । तोरी बाली भित्र्याएपछि खेतबारीमा छरेका कुनै पनि बाली सप्रन सकेको छैन । अघिल्ला वर्षमा मुसुरो, केराउ, चना, गहुँ जौँ फल्ने खेतबारी यसपालि पानी नपरेका कारण उब्जनी नहुने चौधरी बताउँछिन् । घोराही–११ का किसान रेशम बस्नेत आकासेपानीको भरमा हिउँदे खेती गरिँदै आएकामा यस वर्ष समयमा वर्षात् नहुँदा लगाएको बाली पनि बिस्तारै सुक्न थालेको बताउँछन् । ‘‘जमिन बाँझै छ । गहुँ, मसुरो, केराउ र जौको बीउ पनि नआउने अवस्था भएको छ । यसपालि बाली लगाएको सबै खेर जाने अवस्था छ’’, उनले भने । दाङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नुहुँदा र आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको ठाउँमा यसपालि हिउँदे वर्षात् नभएकाले किसानको आम्दानी घट्ने अवस्थाले किसानलाई चिन्तित बनाएको छ । दाङ जिल्लाको कूल क्षेत्रफल २९ लाख पाँच हजार ५०० हेक्टर जमिनमध्ये खेतीयोग्य जमिन ६९ हजार ९५

हिमाली जिल्लामा हिमपात : जनजीवन प्रभावित, हिउँदे बालीलाई राहत

यस वर्षको हिउँदे हिमपात सुरु भएको छ। मङ्गलबार बिहानदेखि कर्णालीका हिमाली जिल्लामा हिमपात सुरु भएको छ। पहाडी जिल्लामा हिउँदे वर्षा भएको छ। हिमपातसँगैको बर्सातले जनजीवन प्रभावित भए पनि हिउँदे बाली लगाएका किसानलाई राहत भएको छ। यसपालि हिमपात र हिउँदे वर्षा हुँदैन कि भन्ने किसानलाई चिन्ता थियो तर मङ्गलबारदेखिको हिमपात र वर्षाले यो चिन्ता हटेको छ। हिमपातपछि चिसो पनि अत्यधिक बढेको छ।