सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णालीको जुम्लामा हिमपात

काठमाडौं । सुदूरपश्चिमको पहाडी जिल्ला र कर्णालीको जुम्लामा हिमपात भएको छ । सुदूरपश्चिमको बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको स्थानीयले बताएका छन् ।  सिगासमा आज बिहानदेखि हिमपात भएको का किसान दानसिंह बोहराले बताए । हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।  यसैबीच हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको बोहराले बताए । राससको सहयोगमा