चीनको बेल्ट एन्ड रोड इनिसियटिभस् (बीआरआई)अन्तर्गत झापाको दमकमा निर्माण हुने नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण दुवै सरकारको ‘हरियो बत्ती’को पर्खाइमा छ । नेपालकै ठूलो औद्योगिक क्षेत्र, दक्षिण एसियाकै नमुना र बीआरआई परियोजनाअन्तर्गत निर्माण हुने नेपालको पहिलो परियोजना रहेको यो औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । डीपीआर तयार भइसकेपछि नै गत सालको फागुन १७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको थियो । शिलान्यास भए पनि एक वर्षसम्म नेपाल चीन सरकारबाट निर्णय नहुँदा निर्माण कार्य अगाडि बढ्न नसकेको पार्क व्यवस्थापन समितिले जनाएको छ ।