मुस्ताङको लुङबुक गुफा पर्यटकको पर्खाइमा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुङबुक गुफा पर्यटकको पर्खाइमा छ । फल्याक गाउँ नजिकै रहेको लुङबुक गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले अनौठा आकृति देख्न सकिने लुकबुङ गुफा पर्यटकको पर्खाइमा रहेको बताउनुभयो । “जोमसोम–कागबेनी–मुक्तिनाथ सडक भएर लाखौँ भक्तजन र पर्यटक आवतजावत गरे पनि […]

सम्बन्धित सामग्री

पर्यटकको पर्खाइमा कोतगढी

दैलेख । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको दैलेख सदरमुकाम नारायण नगरपालिका–१स्थित रहेको कोतगढी पर्यटकको पर्खाइमा रहेको छ ।यो ठाउँ पर्यटनको प्रचुर सम्भावना हुँदा हुँदै पनि प्रचार–प्रसारको अभावमा आन्तरिक तथा वाहृय पर्यटक भित्रिन सकेका छैनन् । दैलेख सदरमुकाम नारायण नगरपालिका–१ पुरानो बजारमा रहेको ऐतिहासिक कोतगढीको केही संरचना परिर्वतन भएपनि तर प्रचारप्रसारमा राज्यको भने जस्तो […] The post पर्यटकको पर्खाइमा कोतगढी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्यटकको पर्खाइमा हेलम्बु

काठमाडौँ- कुनै बेला स्याउका लागि प्रसिद्धि कमाएको सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बु यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः घट्दै जाँदा सुन्दर रमणीय हेलम्बु पर्यटकको पर्खाइमा रहेको हो । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै साँखु नाङ्लेभारे ६८ किलोमिटर वा वैकल्पिक बाटो कोटेश्वर–बनेपा–जिरोकिलो–सिपाघाँट हुँदै एक सय नौ किलोमिटर बाटोमा […]

म्याग्दीकाे लभ्लीहिल पर्यटकको पर्खाइमा

म्याग्दी । उत्तरतर्फ आँखै अगाडि चाँदी झै सेता टलक्क टल्केका हिम श्रृङ्खला नजिकै सुन्दर बेनी बजारलाई काखमा राखेर नागबेली हुँदै म्याग्दी नदी र कालीगण्डकी बगेका छन् । हरिया बगैंचा, रुखका बुट्यानहरु, हावामा बयेली खेलिरहेका फूलहरु र भुर्रभुर्र उडिरहेका चराहरु अनि बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरु देखिने लभ्लीहिल (प्रणयशिखर) पर्यटकको पर्खाइमा रहेकाे छ । आसपासमा देखिने […]

पर्यटकको पर्खाइमा गिडिदह

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह पर्यटकको पर्खाइमा रहेको छ । सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको नजर पुग्न नसकेको गुनासो गरिएको छ ।गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ । गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवद्र्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर, स्थानीयवासी तथा पत्रकारको टोली पुगेर फर्केको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।गाउँपालिका

पर्यटकको पर्खाइमा गिडिदह

जुम्ला– आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह पर्यटकको पर्खाइमा रहेको छ । सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको नजर पुग्न नसकेको गुनासो गरिएको छ । गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ । गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवर्द्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर, […]

पर्यटकको पर्खाइमा म्याग्दीको ढोल्ठान राजदरबार (तस्बिरसहित)

म्याग्दीको बेनी नगरपालिका–९, घतानस्थित ढोल्ठान गाउँको शिरमा अवस्थित ऐतिहासिक ढोल्ठान राजदरबार पर्यटकको पर्खाइमा छ । पर्यटकीय सम्भावना बोकेको समुन्द्री सतहदेखि १ हजार ९ सय मिटरको उचाइमा पर्ने ढोल्ठान राजदरबारले अहिले पर्यटकहरूलाई पर्खिरहेको हो ।

पाँचथरको थाक्ले मन्दिर पर्यटकको पर्खाइमा

प्रकाश नेपाल थाक्ले पाँचथर । पर्यटकीय तथा धार्मिक हिसाबले महत्ब बोकेको पाँचथरको थाक्ले मन्दिर यतिबेला पर्यटकको पर्खाइमा छ । जिल्लाकै प्रमुख धार्मिक आस्थाको केन्द्र तथा पर्यटकीय क्षेत्र रहेको थाक्ले उचित प्रचारप्रसार हुन नसक्दा गुम्नाम जस्तै बनेको छ । पाँचथर सदरमुकाम फिदिमदेखि करीब ७ किलोमीटर दूरीमा अवस्थित थाक्ले मन्दिरको आफ्नै पुरातात्विक एवं धार्मिक महत्व रहेको छ […]

पर्यटकको पर्खाइमा बाँके निकुञ्ज

बाँके । पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ । २०६७ असार २८ गते स्थापना भएको उक्त निकुञ्जमा पछिल्लो समय पर्यटकको आगमन घटेको छ । निकुञ्जले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम गरिरहेको प्रमुख संरक्षण अधिकृत श्याम साहले बताए । निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयार गरिएको उनको भनाइ छ । निकुञ्ज घुम्न पैदल मार्ग, हात्ती सफारी, वास बस्न घरवास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतको व्यवस्था रहेको उनले बताए । ‘निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुरमा तारे होटल तथा निकुञ्ज छेउछाउ होमस्टे सञ्चालन गरिएको छ,’ उनले भने, ‘तर कोभिड–१९ का कारण पर्यटन लक्षित कार्यक्रम प्रभावित भएको छ ।’ निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा ८९९ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । तीमध्ये ८६५ आन्तरिक पर्यटक रहेका छन् । २० जना सार्क मुलुकका र १४ पर्यटक अन्य मुलुकका छन् । बाँके, दाङ र सल्यानसम्म फैलिएको उक्त निकुञ्ज स्थापना हुँदा चार पाटेबाघ रहेकामा हाल बढेर २१ पुगेको छ । सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार हाल यहाँ पर्यापर्यटनसम्बन्धी गतिविधि भइरहेका छन् । हात्ती सफारी र जिप सफारी निकुञ्जमा निकै लोकप्रिय छ । सँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि वर्षेनि बढ्दै गए पनि बाँकेमा भने सुनसान अवस्था भएको पर्यटन प्रवद्र्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।  रासस

पर्यटकको पर्खाइमा बाँके निकुञ्ज

पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ । विसं २०६७ असार २८ गते स्थापना भएको उक्त निकुञ्जमा पछिल्लो समय पर्यटकको आगमनमा कमी आएको छ ।  निकुञ्जले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम गरिरहेको प्रमुख संरक्षण अधिकृत श्याम साह बताउँछन् । निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयार गरिएको छ । निकुञ्ज घुम्नका लागि पैदल मार्ग, हात्ती सफारी, बास बस्न घरबास (होमस्टे), राप्ती नदीमा जलव