बाटोमा फालिएको नलकटुवा पेस्तोल बरामद

रौतहट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । ईशनाथ नगरपालिका ४ मा दुई पक्षबीच झडप भएको र बाटोमा फालिएको अवस्थामा कटुवा पेस्तोल फेला परेको हो । स्थानीयले झगडा भएको...

सम्बन्धित सामग्री

सर्लाहीबाट पेस्तोल सहित २ जना पक्राउ

सर्लाहीको बरहथवा नगरपालिका–६ बाट प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–८ बस्ने २८ वर्षीय अरुण लामा र बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय अगबर अन्सारी छन् ।ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान नलकटुवा पेस्तोल र ३ थान गोली बरामद गरेको छ । उनीहरु भारतिय बीआर–३० जे ३०८० नम्बरको मोटरसाइकलको लेगगार्डमा झोलामा लुकाएर पेस्तोल बोकेर हिँडेका थिए । आरोपीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सिरहामा पेस्तोल बरामद

जिल्ला प्रहरी कार्यालय सिरहाले एक थान नलकटुवा पेस्तोल बरामद गरेको छ । सिरहा नपा १७ पटहेर्बाबाट प्रहरीले पेस्तोल बरामद गरेको हो । स्थानीय २७ वर्षीय धिरु यादवबाट पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । गाउँमा मादक पदार्थ सेवन गरी हल्ला गरिरहेको अवस्थामा पुगेको प्रहरीले यादबाट पेस्तोल बरामद गरेको हो ।प्रहरी पुगेलगत्तै  यादव आफ्नो साथमा रहेको पेस्तोल फालेर भागेका छन् । फरार यादवको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिएका छन् ।

काठमाडौंबाट पेस्तोलसहित एकजना पक्राउ

१४ माघ, काठमाडौं । काठमाडौंको लैनचौरबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेचौर घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईं रहेका छन् । काठमाडौं महानगरपालिका-२६ लैनचौर क्षेत्रबाट बुधबार उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट एकथान नलकटुवा पेस्तोल र एक थान गोली बरामद भएको छ । […]