सिरहामा पेस्तोल बरामद

जिल्ला प्रहरी कार्यालय सिरहाले एक थान नलकटुवा पेस्तोल बरामद गरेको छ । सिरहा नपा १७ पटहेर्बाबाट प्रहरीले पेस्तोल बरामद गरेको हो । स्थानीय २७ वर्षीय धिरु यादवबाट पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । गाउँमा मादक पदार्थ सेवन गरी हल्ला गरिरहेको अवस्थामा पुगेको प्रहरीले यादबाट पेस्तोल बरामद गरेको हो ।प्रहरी पुगेलगत्तै  यादव आफ्नो साथमा रहेको पेस्तोल फालेर भागेका छन् । फरार यादवको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिएका छन् ।

सम्बन्धित सामग्री

सिरहामा कटुवा पेस्तोलसहित एक युवक पक्राउ

इलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाबाट खटिएको टोलीले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । प्रहरी नायब निरीक्षक गोविन्दकुमार खत्रीको नेतृत्वको गस्ती टोलीले बुधबार राति जिल्ला सिरहा विष्णुपुर गाउँपालिका–३ राजपुर बस्ने जितलाल दास तत्माको छोरा २२ वर्षीय विन्दे भन्ने सावनकुमार दासलाई शङ्का लागि जाँच गर्ने क्रममा निजको साथबाट कटुवा पेस्तोल एक थान, गोली राउण्ड एक, रेडमी कम्पनीको स्क्रिन टच मोबाइल एक थान, एनसेल सिम एक थान र नागरिकताको प्रतिलिपि एक थानसमेत फेला पारी रीतपूर्वक बरामद ग

सिरहामा पेस्तोल र गोलीसहित एकजना पक्राउ

सिरहा । सिरहाको धनगढी नगरपालिका–११ आँप चोकबाट एक थान ईटालियन पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादव रहेका छन् । उनको साथबाट पेस्तोलसिहत सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच […]

सिरहामा पेस्तोल र गोलीसहित एकजना पक्राउ

धनगढी नगरपालिका–११ आँप चोकबाट एक थान इटालियन पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रम्हदेव यादव रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्यागाजिन समेत बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।

सिरहामा पेस्तोल र गोलीसहित पक्राउ

काठमाडौं । सिरहामा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी नगरपालिका–११ का ४२ वर्षीय ब्रमदेव यादव छन् । उनको साथबाट एक थान इटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली र एक थान म्याग्जिन बरामद भएको छ । सडकमा बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय...

दुर्घटनास्थलबाट कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद

सिरहामा दुर्घटना भएको ठाउँमा कटुवा पेस्तोल र दुई राउण्ड गोली फेला परेको छ।