काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपति विद्यादेवि भण्डारीले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि नयाँ सरकार गठनको खेल सुरु भएको छ। सत्ता समीकरणका लागि नेताहरूले जोड घटाउ थालिसकेका छन्।संसद विघटनपछि विभाजित नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिपक्षी दलसँग सत्ता सहकार्यको प्रस्ताव अघि बढाएका हुन्।प्रचण्ड-माधवले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बूढानीलकण्ठमा पुगेर सत्ता सहकार्यको प्रस्ताव गरेका थिए। देउवाले त्यही