स्याफ्रुबेसी–रसुवागढी सडक खुल्न अझै एक दिन लाग्ने

रसुवा – सुक्खा पहिरो खसेर बन्द भएकाे रसुवाको स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड खुल्न अझै एक दिन लाग्ने भएको छ ।  पहिरो खसेको ठाउँमा अझै साना–साना ढुङ्गा खसिरहेकाले पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा सुक्खा पहिलो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि मालवाहक कन्टेनर बाटोमा नै राेकिएका छन् । पहिरो पन्छाउनका लागि एक्स्काभेटर लगायतका उपकरण प्रयोगमा ल्याउन लागिएको र भोलि बुधवार बिहानदेखि पहिरो पन्छाउन सुरु गरि...

सम्बन्धित सामग्री

गिट्टीको थुप्रोमा भेटिएको टाउकोको अझै पहिचान खुलेन

पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन। गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो।...

खुल्न थाले बागलुङका अवरुद्ध ग्रामीण सडक

बागलुङ । असार १ गतेको वर्षाले नै बागलुङका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भए । त्यसयता पटक–पटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेनन् । स्थानीय तहले आफ्नै साधन र भाडामा डोजर लिएर सडक खुलाउने प्रयास गर्दासमेत पटक–पटक अवरुद्ध हुँदै आएको स्थानीय सडक दशैंको छेकोमा भने खुल्न थालेका छन् । वर्षाका कारण बाढीपहिराले अवरुद्ध बागलुङ जिल्लाका ग्रामीण क्षेत्रका सडक खुलाउन थालिएको हो । वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दशैं, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेका छन् ।     जिल्लाको निसीखोला गाउँपालिकाले चाडपर्व मनाउन गाउँ आउने नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालिएको हो । अवरुद्ध सडक खुलाउने काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वलाल शाक्यले बताए । ढोरपाटन नगरपालिकाले पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ । अब केही दिनमै गाउँगाउँमा पुगेका सडक खुल्ने नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिए । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले चाडबाडलाई लक्षित गरी सडक खुलाउने काम भइरहेको जानकारी दिए । अवरुद्ध भएका ग्रामीण सडकसँगै मध्यपहाडी लोकमार्गमा पनि कुनै समस्या नभएको उनको भनाइ छ । गाउँ आउने यात्रुलाई सहज हुनेगरी सडक खुलाइएको उनको भनाइ छ । जिल्लाको ताराखोला गाउँपालिकाले पनि बाढीपहिरोकाले अवरुद्ध बनेको सडक खुलाउन थालेको छ । गाउँपालिकामा पर्ने शहीद मार्गसहित पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्नेगरी काम गरिरहेको अध्यक्ष प्रकाश घर्तीमगरले बताए । गलकोट नगरपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चाडबाड नजिकिएसँगै ग्रामीण सडक खुलाउन थालेका छन् । मध्यपहाडी लोकमार्गमा समस्या रहेका क्षेत्रमा मर्मत थालिएको छ । अवरुद्ध रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड सञ्चालनमा आएको छ । ‘दशैंमा घर जानेबेला बल्ल बाटो खुल्यो,’ जैमिनी नगरपालिका–७ का शिक्षक राजेन्द्र शर्माले भने, ‘कोरिडोर चलेपछि जेठयता पहिलो पटक घर जाँदै छु ।’ रासस

पाँच महिनापछि खुले म्याग्दीका अवरुद्ध ग्रामीण सडक

२५ असार, म्‍याग्दी। बाढी र पहिरोका कारण जेठको दोस्रो सातादेखि अवरुद्ध भएका म्याग्दीका ग्रामीण सडक पाँच महिना पछि बल्ल खुल्न थालेका छन् । वर्षा सुरु भएसँगै बाढी पहिरोका कारणले यहाँका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका थिए । त्यसयता पटकपटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेका थिएनन् । […]

खुल्न थाले बागलुङका अवरुद्ध ग्रामीण सडक

बागलुङ । असार १ गतेको वर्षाले नै बागलुङका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भए । त्यसयता पटक–पटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेनन् । स्थानीय तहले आफ्नै साधन र भाडामा डोजर लिएर सडक खुलाउने प्रयास गर्दासमेत पटक–पटक अवरुद्ध हुँदै आएको स्थानीय सडक दशैंको छेकोमा भने खुल्न थालेका छन् । वर्षाका कारण बाढीपहिराले अवरुद्ध बागलुङ जिल्लाका ग्रामीण क्षेत्रका सडक खुलाउन थालिएको हो । वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दशैं, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेका छन् ।     जिल्लाको निसीखोला गाउँपालिकाले चाडपर्व मनाउन गाउँ आउने नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालिएको हो । अवरुद्ध सडक खुलाउने काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वलाल शाक्यले बताए । ढोरपाटन नगरपालिकाले पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ । अब केही दिनमै गाउँगाउँमा पुगेका सडक खुल्ने नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिए । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले चाडबाडलाई लक्षित गरी सडक खुलाउने काम भइरहेको जानकारी दिए । अवरुद्ध भएका ग्रामीण सडकसँगै मध्यपहाडी लोकमार्गमा पनि कुनै समस्या नभएको उनको भनाइ छ । गाउँ आउने यात्रुलाई सहज हुनेगरी सडक खुलाइएको उनको भनाइ छ । जिल्लाको ताराखोला गाउँपालिकाले पनि बाढीपहिरोकाले अवरुद्ध बनेको सडक खुलाउन थालेको छ । गाउँपालिकामा पर्ने शहीद मार्गसहित पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्नेगरी काम गरिरहेको अध्यक्ष प्रकाश घर्तीमगरले बताए । गलकोट नगरपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चाडबाड नजिकिएसँगै ग्रामीण सडक खुलाउन थालेका छन् । मध्यपहाडी लोकमार्गमा समस्या रहेका क्षेत्रमा मर्मत थालिएको छ । अवरुद्ध रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड सञ्चालनमा आएको छ । ‘दशैंमा घर जानेबेला बल्ल बाटो खुल्यो,’ जैमिनी नगरपालिका–७ का शिक्षक राजेन्द्र शर्माले भने, ‘कोरिडोर चलेपछि जेठयता पहिलो पटक घर जाँदै छु ।’ रासस

अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै २ दिन लाग्ने

बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि नै खुलाउने प्रयास भए पनि कतै ठूला चट्टानसहितको पहिरो र कतै सडक नै बगाएका कारण लोकमार्ग एकतर्फी खुलाउन मङ्गलबार दिउँसोसम्म लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । &ldqu

अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै दुई दिन लाग्ने

काठमाडौँ । बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

मध्यपहाडीको पर्वत खण्डमा २० ठाउँ पहिरो, सडक खुल्न ५ दिन लाग्ने

पर्वत : भदौ १७ गते रातको वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सञ्चालनमा ल्याउन कम्तीमा पनि पाँच दिन लाग्ने भएको छ।११ जनाको ज्यान नै लिने गरी भएको भीषण वर्षाले सधैँ पहिरो जाने गरेकासहित नयाँ–नयाँ ठाउँमा गरी आठ किलोमिटर लम्बाइमा २० ठाउँमा पहिरो झरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक रेसमबहादुर थापाका अनुसार जिल्लाको मोदी गाउँपालिका–५ देखि कुश्मा नगरपालिका–८ चुवासम्मको दूरी ठाउँमा ठाउँमा खसेको पहिरोले हालै कालोपत्रे गरिएको त

पहिरो नरोकिदा मध्यपहाडी लोकमार्ग खुलाउन समस्या

पर्वत। पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुङ्गा सडक दुई दिन बितिसक्दा पनि खुल्न सकेको छैन। सोमबार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मङ्गलबार दिनभर पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको हो। कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर सडक अवरुद्ध भएको छ। मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्न थालेका छन्। सहस्रधारामा सडक बन्द

सिद्धार्थ राजमार्ग दुईतर्फी खुल्न अझै केही दिन लाग्ने

स्याङ्जा – पहिरो गएपछि बन्द भएको सिद्धार्थ राजमार्ग दुईतर्फी नै खुल्न अझै केही दिन लाग्ने भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले राजमार्ग दुवैतर्फ खुल्न अझै दुई–तीन दिन लाग्ने बताउनुभयो । लगातारको पानीले स्याङ्जा–पोखरा सडक खण्डको भालुपहाडमा आइतवार बिहान ६ बजे पहिरो खसेपछि सडक बन्द भएको थियो । दिउँसोपछि भने एकतर्फी सडक खुलेको छ । डीएसपी अधिकारीका अनुसार अहिले दुईतर्फी सडक खुलाउने प्रयास भइरहे पनि अझै केही दिन लाग्ने भएको...