खुल्न थाले बागलुङका अवरुद्ध ग्रामीण सडक

बागलुङ । असार १ गतेको वर्षाले नै बागलुङका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भए । त्यसयता पटक–पटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेनन् । स्थानीय तहले आफ्नै साधन र भाडामा डोजर लिएर सडक खुलाउने प्रयास गर्दासमेत पटक–पटक अवरुद्ध हुँदै आएको स्थानीय सडक दशैंको छेकोमा भने खुल्न थालेका छन् । वर्षाका कारण बाढीपहिराले अवरुद्ध बागलुङ जिल्लाका ग्रामीण क्षेत्रका सडक खुलाउन थालिएको हो । वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दशैं, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेका छन् ।     जिल्लाको निसीखोला गाउँपालिकाले चाडपर्व मनाउन गाउँ आउने नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालिएको हो । अवरुद्ध सडक खुलाउने काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वलाल शाक्यले बताए । ढोरपाटन नगरपालिकाले पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ । अब केही दिनमै गाउँगाउँमा पुगेका सडक खुल्ने नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिए । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले चाडबाडलाई लक्षित गरी सडक खुलाउने काम भइरहेको जानकारी दिए । अवरुद्ध भएका ग्रामीण सडकसँगै मध्यपहाडी लोकमार्गमा पनि कुनै समस्या नभएको उनको भनाइ छ । गाउँ आउने यात्रुलाई सहज हुनेगरी सडक खुलाइएको उनको भनाइ छ । जिल्लाको ताराखोला गाउँपालिकाले पनि बाढीपहिरोकाले अवरुद्ध बनेको सडक खुलाउन थालेको छ । गाउँपालिकामा पर्ने शहीद मार्गसहित पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्नेगरी काम गरिरहेको अध्यक्ष प्रकाश घर्तीमगरले बताए । गलकोट नगरपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चाडबाड नजिकिएसँगै ग्रामीण सडक खुलाउन थालेका छन् । मध्यपहाडी लोकमार्गमा समस्या रहेका क्षेत्रमा मर्मत थालिएको छ । अवरुद्ध रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड सञ्चालनमा आएको छ । ‘दशैंमा घर जानेबेला बल्ल बाटो खुल्यो,’ जैमिनी नगरपालिका–७ का शिक्षक राजेन्द्र शर्माले भने, ‘कोरिडोर चलेपछि जेठयता पहिलो पटक घर जाँदै छु ।’ रासस

सम्बन्धित सामग्री

डोटीका ग्रामीण सडक अवरुद्ध

दिपायल, २४ असार । असार दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडकमा भल बाढीका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्था पुगेको छ । पछिल्लो समय गाउँगाउँमा ग्रामीण सडक सञ्जाल जोडे पनि मापदण्डअनुरुप सडक नबन्दा ग्रामीण भेगका नागरिक बर्सेनि […]

करिडोर, मध्यपहाडी र ग्रामीण सडक सबै अवरुद्ध

अविरल वर्षासँगै खसेका पहिरोले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग लगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्।...

वर्षाले खोटाङका सबै ग्रामीण सडक अवरुद्ध

केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन्।...

वर्षाले खोटाङका सबै ग्रामीण सडक अवरुद्ध

केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएका ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवं राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु घण्टौँ पैदलयात्रा गरेर गन्तव्यमा पुग्न बाध्य छन् ।हिउँदमा जिल्लाका दशवटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि अहिले दिक्तेल–काठमाडौँ, दिक्तेल–इटहरी–विराटनगर र दिक्तेल–भोजपुर सडक मात्र सञ्चालनमा रहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार ह

पहिरोले खोटाङका सबै ग्रामीण सडक अवरुद्ध

खोटाङ– केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएका ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवं राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु घण्टौँ पैदलयात्रा गरेर गन्तव्यमा पुग्न बाध्य छन् । हिउँदमा जिल्लाका दशवटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि […]

अविरल वर्षाले सिन्धुपाल्चोकका ग्रामीण सडक अवरुद्ध

केही दिनयता परेको वर्षाले सिन्धुपाल्चोकका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसँग जोडिएका ग्रामीण सडक अवरुद्ध बनेका हुन् । मेलम्ची, तिपेनी,भोताङ मोटरबाटोको ठाउँठाउँमा पहिरो जाँदा पाँच पोखरी गाउँपालिकाका स्थानीयवासीले सास्ती व्यहोर्नु परेको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए । गाउँपालिकाले पहिरो पन्छ्याउने कार्य गरिरहे पनि यातायात सञ्चालन भने हुन सकेको छैन । अरनिको राजमार्ग बाह्रबिसे–कोदारी लोकमार्गका विभिन्न खण्डमा पहिरोले बाटो अवर

अविरल वर्षापछि सिन्धुपाल्चोकका अधिकांश ग्रामीण सडक अवरुद्ध

चौतारा : केही दिन यता परेको वर्षाले सिन्धुपाल्चोकका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन्। जिल्लाको प्रमुख व्यापारिक केन्द्रसँग जोडिएका ग्रामीण सडक अवरुद्ध बनेका हुन्। मेलम्ची, तिपेनी, भोताङ मोटरबाटोको ठाउँ-ठाउँमा पहिरो जाँदा पाँच पोखरी गाउँपालिकाका स्थानीयवासीले सास्ती व्यहोर्नु परेको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए। गाउँपालिकाले पहिरो पन्छ्याउने कार्य गरिरहे…

पाँच महिनापछि खुले म्याग्दीका अवरुद्ध ग्रामीण सडक

२५ असार, म्‍याग्दी। बाढी र पहिरोका कारण जेठको दोस्रो सातादेखि अवरुद्ध भएका म्याग्दीका ग्रामीण सडक पाँच महिना पछि बल्ल खुल्न थालेका छन् । वर्षा सुरु भएसँगै बाढी पहिरोका कारणले यहाँका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका थिए । त्यसयता पटकपटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेका थिएनन् । […]

सिन्धुलीका ग्रामीण सडक अवरुद्ध

वर्षाले जिल्ला सदरमुकाम सिन्धुलीमाढी जोड्ने ग्रामीण सडक सबै अवरुद्ध बनेका छन्। जिल्लामा स्थानीय तहका वडा कार्यालयहरूलार्ई जोड्ने ग्रामीण सडकहरू वर्षाले भत्किँदा यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य छन्।...

तनहुँका अधिकांश ग्रामीण सडक अवरुद्ध

गत मंगलवारदेखि परेको वर्षाका कारण तनहुँका अधिकांश स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका छन् । पृथ्वी राजमार्गस्थित मुख्य सडक पुनः सञ्चालन भए पनि ग्रामीण भेगका सडक सञ्चालन हुन सकेका छैनन् ।  सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पहिरोले अवरुद्ध भएका ग्रामीण सडक पुनः सञ्चालन गराउन प्रयास भइरहेको छ । बाढीपहिराले कतिपय ठाउँमा सडक भासिएको छ । त्यस्ता ठाउँमा सडक वारपार गर्न समस्या भएको छ । कतिपय ठाउँमा भने पैदलयात्री समेत हिँड्न नमिल्ने गरी पहिरो खसेको छ ।  शुक्लागण्डकी नगरपालिकाले ग्रामीण भे...