अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै २ दिन लाग्ने

बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि नै खुलाउने प्रयास भए पनि कतै ठूला चट्टानसहितको पहिरो र कतै सडक नै बगाएका कारण लोकमार्ग एकतर्फी खुलाउन मङ्गलबार दिउँसोसम्म लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । &ldqu