मन्त्री झाँक्रीद्वारा खोप भण्डारण गृह उद्घाटन – देशसञ्चार

जनकपुरधाम – सहरी विकासमन्त्री रामकुमारी झाक्रीले प्रदेश २ मा स्वास्थ्यसम्बन्धी विभिन्न भवनको शिलान्यास तथा उद्घाटन गरेकी छन्। मन्त्री झाँक्रीले

सम्बन्धित सामग्री

खोप भण्डारण गर्न बागलुङमा ‘वाकिङ कुलर’

खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ। बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले यसको उद्घाटन गरे।

प्रदेश २ मा कोभिड—१९ विरुद्धको खोप भण्डारण गृहको उदघाटन

नेपाल सरकारका शहरी विकास मन्त्री रामकुमारी झाँक्री र प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियास्थित निर्माण भएको कोभिड—१९ विरुद्धको खोप भण्डारण गृहको बुधबार संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा शुरु गर्‍यो कोभिडविरुद्धको खोप अभियान

मंसिर २३, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा कोभिडविरुद्धको खोप अभियान शुरु गरेको छ ।  नगरका सार्वजनिक स्थनमा सर्वसाधारणले खोप लगाउन सक्ने गरी अभियान थालिएको महानगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । अभियानको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले उद्घाटन गरे । अहिले ३७ ओटा खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाउँदै आएको जानकारी महानगरपालिकाले दिएको छ ।  महानगरपालिकाले हालै खोप भण्डारण कक्ष सञ्चालनमा ल्याएकाले खोपको व्यवस्थापन सहज भएको बताएको छ । महानगरले नगरका सबै बासिन्दालाई अभियानमा सहभागी हुन आग्रह पनि गरेको छ । महानगरले उक्त अभियानअन्तर्गत पहिलो चरणमा भेरेसेल खोपको दुवै मात्रा लगाउने र त्यसपछि कोभिसिल्डको खोप लगाउने योजना बनाएको छ ।

वीरगञ्ज महानगरले स्थापना गर्‍यो खोप भण्डार, नगर प्रमुखले गरे उद्घाटन

मंसिर ५, वीरगञ्ज  । वीरगञ्ज माहानगरपालिकाले खोप भण्डार स्थापना गरेको छ ।  बालबालिकाहरुलाई लगाइने नियमित खोप र कोभिडविरुद्धको खोप भण्डारण सहज बनाउन महानगरपालिकाले खोप भण्डार स्थापना गरेको हो । महानगरका प्रमुख विजयकुमार सरावगीले शनिवार खोप भण्डारको उद्घाटन गरेका छन् । खोप भण्डार स्थापनासँगै अब महानगरवासीलाई आवश्यक खोप व्यवस्थापन सहज भएको सरावगीले बताए ।  भण्डार सञ्चालनमा आएकाले महानगरका बालबालिकालाई लगाइने नियमित तथा कोभिडविरुद्धको खोपको अभाव नहुने दाबी उनले गरे । खोप सहज रुपमा उपलब्ध हुने महानगरले बताएको छ । अहिलेसम्म महानगरमा आवश्यक खोप अन्य स्थानमा भण्डारण गनुपर्ने बाध्यता थियो ।  एउटा खोप चिसो बनाइराख्ने रेफ्रिजेरेटर, १००ओटा आइसप्याक फ्रिजर, १६ ओटा भ्याक्सिन क्यारियर, सात ओटा कोल्ड बक्सलगायतका उपकरणहरू महानगरपालिकामा उपलब्ध स्वास्थ्य संयोजक रितेश जयसवालले जानकारी दिए ।