घरको प्लास्टर सुर्खी : हुन सक्छ उपयुक्त विकल्प

काठमाडौं । घर बनाइसकेपछि सिमेन्ट अर्थात् कंक्रिटबाट प्लास्टर गर्ने सोचमा हुनुहुन्छ वा यसको विकल्प खोज्नुभएको छ ?  त्यसो हो भने सुर्खी तपार्इंका लागि उपयुक्त विकल्प तथा रोजाइ हुन सक्छ । नेपालका पुराना नेवारी शैलीका घरमा कहीँ–कतै सुर्खीको प्रयोग भएको देख्न सकिन्छ । तर, आधुनिक सहरको विस्तार हुँदै जाँदा सिमेन्ट, बालुवा अर्थात् कंक्रिटका घरको हिस्सा बढी छ । यसको बढ्दो प्रयोगले सहरको सौन्दर्य कायम राख्नुभन्दा पनि उराठलाग्दो बनाउन थालेको छ । सबैतिर यसको प्रयोग हुँदा आफ्नो घरलाई नयाँ शैली अझ  युरोपतिरका जस्ता रंग, कंक्रिटबिनाका घर बनाउन चाहनुहुन्छ भने सुर्खी उपयुक्त विकल्प हुन सक्छ । यसमा कम खर्च, आकर्षक शैली, लिभिङ रूपमा समेत लगाउन सकिने, जुनसुकै स्थानमा पनि प्रयोग गर्न सकिने,  टिकाउ र जति पुरानो भयो उति नै राम्रो एवं बलियो हुने भएकाले यो उत्कृष्ट रोजाइ बन्न सक्छ । घर बनाइसकेपछि घरको प्लास्टर, पुटिङ, प्राइमर तथा सुहाउँदो रंग लगाउनेजस्ता विषयले पनि घरधनीलाई सताउँछ । खासगरी सहरमा घर थपिँदै जाँदा कंक्रिटको सहर उपमा पाएको हुन्छ । सबैतिर प्लास्टरका घर बनेका हुँदा अन्य घरभन्दा फरक कसरी बनाउने सोचमा हुनुहुन्छ भने तपाईंको विकल्प चिनियाँ सुर्खी पर्न सक्छ । नयाँ घरमा रंगरोगन लगाउँदा लाग्ने खर्चमा झन्डै ५० प्रतिशत बचत हुन सक्छ । कम खर्च तर टिकाउ र बलियो हुने सुर्खीको प्रयोग गरेर घरलाई नयाँ डिजाइन तथा अरूभन्दा फरक बनाउन सकिन्छ । चिनियाँ सुर्खीको उत्पादन, यसको प्रयोग गराउन जनशक्ति तयार गर्दै आएका र ७ वर्षदेखि सुर्खी  लगाउँदै आएका कान्तिपुर सुर्खी सर्भिसका सञ्चालक रवि योञ्जन सुर्खी लगाउँदा कम खर्च  र बलियो हुने बताउँछन् । घर बनाउँदा बाहिरका भित्तामा  प्लास्टर गरिन्छ । प्लास्टर गर्दा बालुवा, सिमेन्ट, जनशक्तिमा ज्याला खर्च बढी हुन्छ । घर बनिसकेपछि प्लास्टर गर्ने र त्यसमा पुटिङ गर्नुपर्छ भने प्राइमर लगाउने, डबल कोट रंग लगाउनुपर्ने हुँदा नेपालको पैसा विदेशिने हुन्छ । तर, अहिले सुर्खीको उत्पादन नेपाली सामग्रीबाटै बनाइने गरेको र जनशक्ति पनि नेपाली नै रहेको योञ्जन सुनाउँछन् । २०/२२ वर्ष विदेशमा काम गरेका योञ्जन अहिले नेपालका खासगरी उपत्यकामा चिनियाँ सुर्खी प्रयोग भएका घर, होटल, रेस्टुराँमा यसको प्रयोग बढेको बताउँछन् । विदेश बस्दा चिनियाँबाट सिकेको हुँदा र नेपाल र अन्य देशमा प्रयोग हुने सुर्खीमा फरक रहेकाले यसलाई चाइनिज सुर्खी भनिएको उनको भनाइ छ । नेपालमा इँटाको धुलो, ह्वाइट सिमेन्ट मात्र राखिने र औंलाको सहायताले लगाइने हुँदा यो धेरैसम्म टिकाउ नहुने देखिन्थ्यो । यसलाई बदल्न र बलियो बनाउन चुना थपेर चाइनिज सुर्खी भनिएको छ । ‘नेपालमा सुर्खीको प्रयोग नभएको होइन तर पुरानै परम्परागत शैलीमा प्रयोगमा आएको छ,’ उनी भन्छन्, ‘यसलाई आधुनिक तरिकाबाट गरिएन । सुक्खा मिश्रणलाई औंलाको सहायताले टाल्ने गरिन्थ्यो । अहिले यो मिश्रणलाई भिजाएर सावधानीपूर्वक प्रयोग गरिन्छ ।’ सुर्खी प्रयोग गरेपछि प्लास्टर, रंग, पुटिङ, प्राइमरजस्ता सामग्री प्रयोग गर्नुपर्दैन । यसले गर्दा यी रंगरोगनका सामग्री किन्ने रकमको आधाजति बचत हुने उनी बताउँछन् । सुर्खी के हो ? सुर्खी इँटाको धुलो, वाइट सिमेन्ट र चुनाबाट बनेको एक प्रकारको मिश्रण हो । नयाँ घर प्लास्टर भइनसकेका र इँटा ७ देखि ८ एमएमको ग्याप राखेर त्यसमा सुर्खीको मिश्रण प्रयोग गरिन्छ । चाइनिज सुर्खीको मिश्रणलाई नवनिर्मित अर्थात् सिमेन्टले प्लास्टर गर्न नचाहने घरका ती इँटाको ग्यापमा राखिन्छ । यसले घरलाई बलियो बनाउनुका साथै आकर्षक डिजाइन, सिमेन्टको प्लास्टर गर्नबाट छुटकारा दिन्छ । चाइनिज सुर्खी घर बाहिर तथा बैठक कोठामा प्रयोग गर्न उपयुक्त मानिन्छ । यद्यपीिघरधनीको इच्छाअनुसार घरको जुनसुकै स्थानमा यसलाई प्रयोग गर्न सकिन्छ । कति हुन्छ खर्च र हेरचाह कसरी गर्ने ? इटाँको धुलो, वाइट सिमेन्ट र चुनाको मिश्रणलाई राम्रोसँग मिलाउन सके टिकाउ हुने बताउँदै  योञ्जन भन्छन्, ‘घर नभत्किँदासम्म यसमा कुनै क्षति हुँदैन । तर, यसको मात्रा मिलाउने विशेष खाले तरिका र तालिम प्राप्त जनशक्ति प्रयोगमा उचित ध्यान भने दिनुपर्छ ।’ सुर्खीको प्रयोग अहिले बढ्दो छ । सामान्य घरमा यसको प्रयोग गर्दा  ८० देखि ९० हजार खर्च हुने उनी सुनाउँछन् । इँटाको सेप नै स्पष्ट देखिने गरी सुर्खीको प्रयोग गरिन्छ । यसलाई घामपानीले पनि केही असर गर्दैन । जति पुरानो भयो उति बलियो र राम्रो हुँदै जान्छ । यसलाई अझ बलियो र हेरचाह पुगोस् भन्न सुर्खी लगाएको ५/६ महिनापछि सिल्कोन नामक केमिकल लगाए झनै लाभकारी हुन्छ ।

सम्बन्धित सामग्री

‘सुशासन र समृद्धिसहितको परिवर्तन उत्तम विकल्प’

काठमाडौँ, २६ मङ्सिर । राप्रपा नेपालले मुलुकमा देखिएका समस्या समाधानका निम्ति संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, हिन्दूराष्ट्र नै आजको उपयुक्त विकल्प भएको निष्कर्ष निकालेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सुशासन र समृद्धिसहितको परिवर्तन नै आजको आवश्यकता रहेको ठहर गरेको हो । बैठकले एनसेल खरिदबिक्री सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी […]

मदनदास श्रेष्ठ भन्छन्- दोलखा फिल्म सिटी हरेक किसिमले उपयुक्त

काठमाडौं । पाका कलाकार मदनदास श्रेष्ठले नेपाली चलचित्रको लागि हरेक किसिमले दोलखा फिल्म सिटी उपयुक्त हुने बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय अध्ययन अवलोकन गरेर त्यहाँ फिल्म सिटी बनाउन उपयुक्त मानिएको हो ।’ फिल्म सिटीलाई लिएर भइरहेका टिप्पणीबारे लक्षित गर्दै श्रेष्ठले दोलखाको विकल्प दिन समेत चुनौती दिए । ‘स्थानीय पर्यटन विकासका लागि […]

उपयुक्त विकल्पबिना सुकुम्बासीका घर टहरा नभत्काउनु : गृहमन्त्री खाण

कांग्रेस केन्द्रीय सदस्यसमेत गृहमन्त्री बालकृष्ण खाणले उपयुक्त विकल्प र व्यवस्थापनविना सुकुम्बासीका घर टहरा भत्काउन नहुने बताएका छन्। रुपन्देही ३ बाट सत्तागठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका खाणले बुटवल उपमहानगरपालिका–१६ मा चुनाव प्रचारप्रसार कार्यालयको...

ईभीमा उपयुक्त विकल्प ‘नेटा भी’ (रिभ्यू)

नेपाली ईभी बजारमा अर्को एक दर्बिलो विकल्प थपिएको छ, ‘नेटा भी’ । चिनियाँ ब्राण्डको ‘होजन अटो न्यू इनर्जी भेहिकल कम्पनी’को नवीन उत्पादन ‘नेटा भी’लाई चौधरी ग्रुपको सिजी मोटर्सले हालै मात्र नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले गत जेठमा मात्र नेटा भीलाई नेपाली बजारमा अनावरण गरेको थियो । तर, सार्वजनिकको छोटो समयमा नै नेटा भीले  चर्चा बटुल्न सफल भएको छ ।  ३८.५४ किलोवाट पावर क्षमताको ब्याट्रीमा उपलब्ध नेटा ईभीलाई कम्पनीले ३७ लाख ९९ हजार रुपैयाँम

गठबन्धनको उत्तम विकल्प पार्टी मर्ज

चुनावी जित नै सम्पूर्णतामा पूर्णता भएपछि गठबन्धन भन्दा पार्टी विलय, पार्टी एकता र मर्ज नै सर्वाधिक उपयुक्त विकल्प हो । उपयुक्त यस मानेमा कि पार्टीहरूको एक मात्र अभिष्ट र अर्जुन दृष्टि चुनावी नतिजा हात पार्नु हो । जित आफ्नो पोल्टामा राख्नु हो । सिद्धान्तहः राजनीति सत्ता प्राप्तिको निमित्त नै हो । सत्ता बिना आफ्नो लक्ष्य […]

विद्यमान अस्थिरताको अन्त्य गर्ने उपयुक्त विकल्प चुनाव : राप्रपा अध्यक्ष थापा

काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले अहिले जुनसुकै सरकार बने पनि विद्यमान अस्थिरताको अन्त्य गर्ने उपयुक्त विकल्प चुनाव भएको बताएका छन्। महामारीबीच राजनीतिक घटनाक्रमबारे उल्लेख गर्दै उनले ट्वीट गरेका छन्, “प्रम पदमुक्त छन्, सरकार काम चलाउ। यो स्थिति अन्त गर्न छोटो समय दिएर राष्ट्रपतिद्वारा संविधानको धारा ७६(२) अनुसार सरकार गठन गर्ने प्रक्रिया शुरू गर्नुपर्छ।”

ताजा जनादेशमा जानु उत्तम विकल्प–राप्रपा नेता बोहोरा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराले अहिलेको अवस्थामा ताजा जनादेशमा जानुनै उपयुक्त विकल्प रहेको बताएका छन्।