काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठक दिउँसो ३ बजे बानेश्वरस्थित संसद्को ल्होत्से हलमा बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । बैठकमा विश्वासको मत लगायतका विषयमा छलफल हुने बताइएको छ ।