जनकपुरमा प्रचण्ड सहभागी कार्यक्रममा गएनन् मातृका यादव

८ चैत, जनकपुरधाम । नेकपा माओवादी केन्द्रले जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रदेशका आठै जिल्लाका नेता-कार्यकर्ता सहभागी भए । तर नेता मातृकाप्रसाद यादव भने प्रशिक्षणमा सहभागी भएनन् । प्रशिक्षणलाई सम्बोधन गर्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आउँदा यादव विमानस्थल गएका थिए । उनले प्रचण्डलाई स्वागत समेत गरेनन् । केहीबेर उनी प्रचण्डसँगै विमानस्थलको […]

सम्बन्धित सामग्री

मधेशमा माओवादीलाई गठबन्धन फापेन : मातृका यादव

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले मधेशमा गठबन्धन नफापेको बताएका छन्। गठबन्धनकै कारण मधेशमा माओवादी कमजोर भए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए देशको कल्याण हुने दाबी गरेका छन्। शनिबार पार्टी कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता यादवले प्रचण्ड प्रधानमन्त्री बने देशको कल्याण हुने बताउँदै सत्ता गठबन्धनबाट हुने भएकाले अरू कसैको काँधमा चढ्नु नपर्ने बताएका हुन्। ‘अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ,उहाँसँग त्यो

कोभिड तेस्रो लहरले ‘घण्टी बजाउँदा’ राजनीतिक दलहरू भेला सम्मेलनमा

गत पुस ११ गतेदेखि १९ गतेसम्म काठमाडौँमा भएको  माओवादी केन्द्रको आठौँ महाधिवेशनपछि माओवादी केन्द्रका धेरै नेता कार्यकर्ता कोरोना सङ्क्रमणको शिकार भए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, केन्द्रीय सदस्य रामप्रसाद सापकोटा, मातृका यादव, हरिबोल गजुरेल, सुवोध शेर्पाली, अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा, महेन्द्रबहादुर शाहीलगायत नेताहरू कोभिड सङ्क्रमित भए । एक साता लामो महाधिवेशनमा देशभरबाट १५ सय प्रतिनिधि कमलादीमा भेला भए

मन्त्रीहरू पनि कोरोनाको जोखिममा

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै केन्द्रीय सरकारका मन्त्री पनि जोखिममा परेका छन् ।  हालै आठौँ महाधिवेशन सकेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चासिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा, महेन्द्रबहादुर शाहीलगायत नेताहरूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महाधिवेशनमा सहभागी पत्रकारहरूमा पनि कोरोना संक

माओवादी केन्द्रका शीर्ष नेताहरूलाई कोरोना संक्रमण

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूलाई कोरोना संक्रमण भएको छ। नेता नारायाणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्यायलगायतलाई कारोना संक्रमण भएको हो।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमणप्रचण्डलाई स्वास्थ्यमा केही समस्या भएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ आएको उनको निजी सचिवालयले जनाएको हो। शुक्रबार बेलुकी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको सचिवालयकी गंगा दाहालले जानकारी दिइन्। प्रचण्ड अहिले आफ्

माओवादीबाट यी चार नेता मन्त्री पदका लागि पठाइने

काठमाडौं। नेकपा माओवादी केन्द्रले थप ४ जना मन्त्री पठाउने तयारी गरेको छ। माओवादीबाट हरिबोल गजुरेल, मातृका यादव, देवेन्द्र पौडेल र अञ्जना विसंखेलाई मन्त्री पदका लागि पठाउने तयारी भएको स्रोतले जनाएको छ। प्रचण्ड पक्ष र वरिष्ठताका आधारमा गजुरेल, मधेसबाट यादव, वरिष्ठमा पौडेल र दलित महिलाबाट बिशंखे पर्ने सम्भावना रहेको छ। यस अघि माओवादीबाटै जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन्।

प्रचण्डलाई अर्को तनाव, माओवादी केन्द्रको दावीसहित भबिसोर पराजुली निर्वाचन आयोगमा

नेकपा माओवादी केन्द्र नामको पार्टी आफ्नो रहेको दावी गर्दै निर्वाचन आयोगमा एक निवेदन परेको छ । भबिसोर पराजुलीले पार्टीको आधिकारिकता आफूले पाउनुपर्ने माग गर्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् । उनको निवेदनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आधिकारिक नेतृत्वको मातृका यादव, प्रचण्ड र बादलहरू पार्टी परित्याग गरेको हुनाले विधिवत् रूपमा एकताका मुख्य घटक र सोही पार्टीलाई निरन्तरता दिँदै आएकोले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्वतह आफूलाई आधिकारिकता दिन उनले माग गरेका छन् । बिहीबार माओवादीबाट...

घाइते मातृका र रामचन्द्रको ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । आन्दोलनका क्रममा घाइते भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य मातृका यादव, रामचन्द्र झालगायतका नेतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । मातृका यादवका छोरा सूर्य किरण यादवका अनुसार  शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरि नेताहरूलाई कुटपिट गरि घाइते बनाएका छन् । आन्दोनमा भएको हस्तक्षेपमा घाइते नेता मात्रिका यादव , रामचन्द्र झा र उदय बरबरीया यादव वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

मातृका यादवसहित चार घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दका क्रममा जनकपुरमा प्रहरीसँगको झडपमा परी घाइते भएका सो समूहका नेता मातृका यादव र रामचन्द्र झा सहित चार जनालाई काठमाडौं ल्याइएको छ । चारै नेतालाई उपचारको लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको नेकपाले जनाएको छ । चारैजनालाई साँझ बुद्ध एयरको विमानबाट थप उपचारको लागि काठमाडौं ल्याइएको हो । झडपमा यादव र झासहित धनुषाको सहिदनगर नगरपालिका मेयर उदय बरबरिया र धनुषाको हंशपुरका कार्यकर्ता प्रदीप साह समेत छन् । झडपमा घाइते अन्य नेता कार्यकर्ताको जनकपुरमै उपचार भइरहेको छ । प्रचण्ड–माधव समूहले बिहीबार गरेको आम हड्तालमा बन्द गराउने क्रममा जनकपुरको शिवचौकमा दिउँसो प्रहरीसँग झडप हुँदा एकदर्जन बढी नेताकार्यकर्ता घाइते भएका थिए ।

झडपमा घाइते भएका रामचन्द्र झा र मातृका यादवलाई काठमाडौं पठाइयो

धनुषा । जनकपुरधाममा प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपका क्रममा घाइते भएका  नेकपा प्रचण्ड माधव पक्षका स्थायी समति सदस्य मातृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झा लगायतका नेताहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।नेता यादवसहित रामचन्द्र झा, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया र अर्का जिल्ला नेता प्रदिप साहको अवस्था गम्भिर देखिएकोले काठमाडौ पठाइएको नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए । दिउँसो प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परेर नेता झाको टाउकोमा गम्भिर चोट ला