कोभिड तेस्रो लहरले ‘घण्टी बजाउँदा’ राजनीतिक दलहरू भेला सम्मेलनमा

गत पुस ११ गतेदेखि १९ गतेसम्म काठमाडौँमा भएको  माओवादी केन्द्रको आठौँ महाधिवेशनपछि माओवादी केन्द्रका धेरै नेता कार्यकर्ता कोरोना सङ्क्रमणको शिकार भए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, केन्द्रीय सदस्य रामप्रसाद सापकोटा, मातृका यादव, हरिबोल गजुरेल, सुवोध शेर्पाली, अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा, महेन्द्रबहादुर शाहीलगायत नेताहरू कोभिड सङ्क्रमित भए । एक साता लामो महाधिवेशनमा देशभरबाट १५ सय प्रतिनिधि कमलादीमा भेला भए

सम्बन्धित सामग्री