झडपमा घाइते भएका रामचन्द्र झा र मातृका यादवलाई काठमाडौं पठाइयो

धनुषा । जनकपुरधाममा प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपका क्रममा घाइते भएका  नेकपा प्रचण्ड माधव पक्षका स्थायी समति सदस्य मातृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झा लगायतका नेताहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।नेता यादवसहित रामचन्द्र झा, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया र अर्का जिल्ला नेता प्रदिप साहको अवस्था गम्भिर देखिएकोले काठमाडौ पठाइएको नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए । दिउँसो प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परेर नेता झाको टाउकोमा गम्भिर चोट ला

सम्बन्धित सामग्री

घाइते मातृका र रामचन्द्रको ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । आन्दोलनका क्रममा घाइते भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य मातृका यादव, रामचन्द्र झालगायतका नेतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । मातृका यादवका छोरा सूर्य किरण यादवका अनुसार  शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरि नेताहरूलाई कुटपिट गरि घाइते बनाएका छन् । आन्दोनमा भएको हस्तक्षेपमा घाइते नेता मात्रिका यादव , रामचन्द्र झा र उदय बरबरीया यादव वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

मातृका यादवसहित चार घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दका क्रममा जनकपुरमा प्रहरीसँगको झडपमा परी घाइते भएका सो समूहका नेता मातृका यादव र रामचन्द्र झा सहित चार जनालाई काठमाडौं ल्याइएको छ । चारै नेतालाई उपचारको लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको नेकपाले जनाएको छ । चारैजनालाई साँझ बुद्ध एयरको विमानबाट थप उपचारको लागि काठमाडौं ल्याइएको हो । झडपमा यादव र झासहित धनुषाको सहिदनगर नगरपालिका मेयर उदय बरबरिया र धनुषाको हंशपुरका कार्यकर्ता प्रदीप साह समेत छन् । झडपमा घाइते अन्य नेता कार्यकर्ताको जनकपुरमै उपचार भइरहेको छ । प्रचण्ड–माधव समूहले बिहीबार गरेको आम हड्तालमा बन्द गराउने क्रममा जनकपुरको शिवचौकमा दिउँसो प्रहरीसँग झडप हुँदा एकदर्जन बढी नेताकार्यकर्ता घाइते भएका थिए ।

जनकपुर झडपका घाइतेलाई काठमाडौं रिफर

जनकपुरको शिवचोकमा प्रहरी र प्रदर्शनकारी बिच भएको झडपमा घाइते चार जनालाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ । प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका पूर्वमन्त्री रामचन्द्र झा, मातृका यादव, सहिद नगरपालिकाका मेयर उदय बरबरिया र प्रदिप साहलाई काठमाडौं रिफर गरिएको हो ।

जनकपुरमा प्रहरीसँगको झडपमा पूर्वमन्त्री झा र यादव घाइते

जनकपुरमा प्रहरी र नेकपा प्रचण्ड-नेपाल पक्षबीच भएको झडपमा दुई पूर्वमन्त्री घाइते भएका छन्। पूर्वमन्त्री रामचन्द्र झा र मातृका यादव घाइते भएका हुन्।

जनकपुर झडप : प्रहरीको टाउको फुट्यो, पूर्वमन्त्रीपनि घाइते

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको आम हड्तालका क्रममा जनकपुर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनकारी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । जनकपुरको शिवचोकमा प्रहरीले प्रदर्शनकारीलाई अवरोध गर्न खोज्दा भएको झडपमा दुवैतर्फ घाइते भएका हुन् । अन्दोलनकारीतिर नेकपाका नेता रामचन्द्र झा, मातृका यादव, शहिदनगर नगरपाल...