स्वास्थ्य मन्त्रालयले सातै प्रदेशलाई भन्यो– एक हजार भरी अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख

काठमाडौं। कोरोनाको तेस्रो लहरको खतरा बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशलाई पत्र लेख्दै एक–एक हजार भरी अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै भनेको छ, ‘भविष्यमा आउन सक्ने सम्भावित चुनौतिलाई सामना गर्न कम्तिमा एक हजार वटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशानुसार जानकारी गराइन्छ ।’

सम्बन्धित सामग्री

कञ्चनजङ्घा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने

ताप्लेजुङ – ताप्लेजुङमा अवस्थित विशवको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने भएको छ । कञ्चनजङ्घा अवलोकन गर्न पर्यटकलाई सहजता ल्याउनका लागि फक्ताङलुङ गाउँपालिकाले उच्च हिमाली क्षेत्रमा अक्सिजन सिलिण्डर राख्ने भएको हो । फक्ताङलुङ गाउँपालिकाले गत आइताबार १३ औँ गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पर्यटकको स्वास्थ्य संवेदनशीलतालाई दृष्टि गरी कञ्चनजङ्घा आधार शिविरसहितका […]

अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न अनुरोध गरेका छन् ।उनले अक्जिसनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा […]

बाग्लुङका स्वास्थ्य संस्थालाई अक्सिजन सिलिण्डर सहयोग

अस्पतालमा कोरोनाका संक्रमित दैनिक बढ्दै जाँदा अक्सिजनको खपत बढेको र अस्पतालमा अक्सिजन सिलिण्डर पनि पोखरा भर्न पठाउने गरेको कारण थप समस्या उत्पन्न भएकोमा यसले थप राहत पुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि राना मगरले बताए।

परिसंघद्वारा अक्सिजन सिलिण्डर हस्तान्तरण

नेपाल उद्योग परिसंघले स्वास्थ्यतथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् । परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान […]

दुई दिनमा चीनबाट ल्याइयो ९७५ थान अक्सिजन सिलिण्डर

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले आइतबार र सोमबार गरी चीनबाट ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौं ल्याएको छ। आइतबार ४०० र सोमबार ५७५ अक्सिजन सिलिण्डर र १५७ अक्सिजन कन्सन्ट्रेटर चीनबाट ल्याइएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए। चीनबाट थप दुई उडानमार्फत अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामग्री पनि ल्याउने योजना रहेको उनले जनाए।

घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको सिफारिसविना कसैलाई पनि घरमा अक्सिजन सिलिण्डर नराख्न आग्रह गरेको छ ।...

झण्डै ७० प्रतिशत उद्योगी/व्यवसायीले फिर्ता गरे अक्सिजन सिलिण्डर

काठमाण्डौ – उद्योगी एवम् निर्माणसँग सम्बन्धित् व्यवसायीले अक्सिजन सिलिण्डर फर्काउन थालेका छन् । कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन अभाव हुन नदिन उनीहरुले खाली सिलिण्डर फर्काउन थालेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघले केही दिनअघि व्यवसायीलाई उद्योगमा रहेका अक्सिजन सिलिण्डर फर्काउन आग्रह गरेको थियो । महासंघको आग्रह अनुसार उद्योगी व्यवसायीहरुले सिलिण्डर फर्काउन थालेका हुन् । कोरोना भाइरसको संक्रमणका कारण अक्सिजन अभाव हुन थालेसँगै सबै अक्सिजन सिलिण्डर स्वास्थ्य उपचारका लागि खपत गर्नुपर्ने भएकोले सिलिण्डर फर्काउन आग्रह गरि...

अक्सिजन सिलिण्डर संकलनमा प्रहरी सक्रियता

प्रहरी प्रशासनको विशेष सक्रियता तथा कतिपय उद्योग, आयोजनाको स्वतःस्फुर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा गर्ने काम तीव्र पारिएको छ । गृह मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य भइरहेको शुक्रबार विज्ञप्ति जारी गरी जनाएको छ । …

ललितपुरका चार अस्पताललाई अक्सिजन सिलिण्डर

२३ वैशाख, काठमाडौं । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ललितपुरले चार वटा अस्पताललाई बिहीबार अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । विभिन्न प्रतिष्ठान तथा कवाडी पसलहरुबाट संकलित अक्सिजन सिलिण्डर कोरोना संक्रमित बिरामीको उपचार गराइरहेका ४ वटा अस्पताललाई वितरण गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान […]

स्वास्थ्य निर्देशनालय डोटीले अक्सिजन सिलिण्डर खरिद प्रक्रिया अघि बढायो

२१ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले अक्सिजन सिलिण्डर र अक्सिजन कन्सेन्ट्रेटर खरिद प्रक्रिया अघि बढाएको छ । निर्देशनालयले ‘विशेष परिस्थितिमा तत्काल खरिद गर्नुपर्ने भएको’ भन्दै मंगलबार एक सूचना प्रकाशित गरेको छ । निर्देशनालयले १० लिटरको २०० र ४६ लिटरको ३०० थान अक्सिजन सिलिण्डर खरिद गर्न चाहेको छ । […]