एमाले १० औँ महाधिवेशन चितवनमा

काठमाण्डाै – नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आज बिहीवार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मङ्सिर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो ।यसअघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष ओलीले पार्टीको १० औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गर्नुभएको थियो । तर आजको बैठकले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो...

सम्बन्धित सामग्री

एमाले १० औँ महाधिवेशन - सजाइँदै नारायणी नदी किनार (तस्बिरहरू)

चितवन – चितवनमा हुन लागेको नेकपा (एमाले) को १० औँ महाधिवेशनका लागि चितवनको नारायणी नदी किनार सजाइँदै छ । महाधिवेशनका लागि नदी किनार सरसफाइ गरिएको छ ।नारायणी नदी किनार महाधिवेशनको उद्घाटन स्थल भएकाले अहिले मुख्य मञ्च बनाउने काम भइरहेको छ । यस्तै २५ ठाउँमा 'सेल्फी प्वाइन्ट' बनाइएको छ । एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । याे महाधिवेशनकाे उद्घाटन सत्रमा पाँच लाख मानिस सहभागी हुने एमालेले जनाएको छ । उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र सौर...

एमाले १० औँ महाधिवेशन - भव्य मञ्च बन्दै, चितवनका प्रत्येक घरमा निमन्त्रणा पत्र

चितवन – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौरहामा बन्द सत्र हुँदै छ । मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनको तयारीको क्रम चलेको छ । महाधिवेशनमा देशभरबाट झन्डै पाँच लाख नेता/कार्यकर्ता सहभागी हुने नेकपा एमाले वाग्मती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो । एमालेमा पछिल्लो पटक नवीकरण भएका पार्टी सदस्यको सङ्ख्या आठ लाख ५५ हजार चार सय ५३ छ । महाधिवेशनमा एक हजार नाै सय ९९ प्रतिनिधि चयन भइसकेका छन् भने त्यसको प...