धमाधम ई-सिम वितरण गर्दै नेपाल टेलिकम, मोबाइलमा सपोर्ट गर्छ कि गर्दैन कसरी थाहा पाउने ?

नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि र मागलाई ध्यानमा राखी मु्लुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरुबाट ई–सिम वितरण गरिरहेको छ । ई–सिम कम्पनीले २०७९ भाद्र ३१ गतेदेखि काठमाडौको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट वितरण शुरु गरेको थियो । हालका लागि पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहेका पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले सिम परिवर्तन गर्न चाहेमा कम्पनीले निःशुल्क ई–सिम उपलब्ध गराइरेहको छ । टेलिकमका अनुसार मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने÷नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान टेलिकमले अनुरोध गरेको छ। टेलिकमका अनुसार यसका लागि आफ्नो मोबाइलबाट *#06# डायल गर्नुपर्छ । यसरी डायल गर्दा EID लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ । त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा ‘Add Mobile Planल’ वा ‘Add Data Plan’  भन्ने अप्सन देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ । फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरुले निःशुल्क रुपमा ई–सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्दछ ।ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायत फिजिकल सिमबाट सम्पन्न गरिने सम्पूर्ण कार्य गर्न सकिन्छ । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस ९ध्भबचबदभि म्भखष्अभ० हरुमा समेत प्रयोग गर्न सकिन्छ । 

सम्बन्धित सामग्री

हुम्लामा ई-सिम वितरण

नेपाल टेलिकम हुम्ला शाखाले ई-सिम वितरण सुरु गरेको छ । टेलिकमले यसअघि भौतिक सिम प्रदान गर्ने गरेको भए तापनि हाल ई–सिम प्रदान गरेको हो । ई-सिम प्रयोगकर्तासँग भने ई-सिम प्रयोग हुने मोबाइल फोन हुनु पर्दछ । हाल ई–सिम प्रयोग हुने मोबाइलहरू एप्पल ब्राण्डका सबैजसो फोनमा प्रयोग हुने गरेको छ । त्यसैगरी हाल चलनचल्तीमा रहेको एन्ड्रोइड […]

ई–सिम वितरणलाई व्यापक बनाउँदै नेपाल टेलिकम, कस्तो मोबाइलमा प्रयोग गर्न सकिन्छ ?

नेपाल टेलिकमले निःशुल्क ई–सिम वितरणलाई व्यापक बनाउन लागेको छ । हाल सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई–सिम मंगलबारदेखि कम्पनीका ग्राहक सेवा केन्द्रहरु नक्साल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु, छाउनी र पुल्चोकबाट पनि वितरण गर्न लागिएको टेलिकमले जनाएको छ । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रवर्द्धनात्मक परीक्षणको रुपमा ई–सिमको वितरण गरिरहेको र ई–सिम कम्पनीसँग यथेष्ट संख्या मौज्दात रहेको जानकारी गरा

अब बजारमा टेलिकमको ई-सिम आउँदै

काठमाडौँ । सामसङ, एप्पल, गुगलजस्ता प्रमुख ब्रान्डका नयाँ-नयाँ मोडलका मोबाइल फोन चलाउनेहरू यति बेला ई-सिमको पर्खाइमा छन् । नेपाल टेलिकम (एनटीसी) मा यसबारे सोधी खोजी गर्ने क्रम बढिरहेको प्रवक्ता शोभन अधिकारीले बताए । टेलिकमले अबको केही दिनभित्र ग्राहकलाई ई–सिम वितरण गर्ने जनाएको छ । ‘यो सिम कसरी लिने, कहाँबाट लिने भनेर हामीलाई धेरै जिज्ञासा आइरहेका छन्,’ अधिकारीले भने, […]

अब टेलिकमको ई–सिम

सामसङ, एप्पल, गुगलजस्ता प्रमुख ब्रान्डका नयाँ–नयाँ मोडलका मोबाइल फोन चलाउनेहरू यति बेला ई–सिमको पर्खाइमा छन् । नेपाल टेलिकम (एनटीसी) मा यसबारे सोधीखोजी गर्ने क्रम बढिरहेको प्रवक्ता शोभन अधिकारीले बताए । टेलिकमले अबको केही दिनभित्र ग्राहकलाई ई–सिम वितरण गर्ने जनाएको छ ।

अब टेलिकमको ई–सिम

सामसङ, एप्पल, गुगलजस्ता प्रमुख ब्रान्डका नयाँ–नयाँ मोडलका मोबाइल फोन चलाउनेहरू यति बेला ई–सिमको पर्खाइमा छन् । नेपाल टेलिकम (एनटीसी) मा यसबारे सोधीखोजी गर्ने क्रम बढिरहेको प्रवक्ता शोभन अधिकारीले बताए । टेलिकमले अबको केही दिनभित्र ग्राहकलाई ई–सिम वितरण गर्ने जनाएको छ ।

अब टेलिकमको ई–सिम

सामसङ, एप्पल, गुगलजस्ता प्रमुख ब्रान्डका नयाँ–नयाँ मोडलका मोबाइल फोन चलाउनेहरू यति बेला ई–सिमको पर्खाइमा छन् । नेपाल टेलिकम (एनटीसी) मा यसबारे सोधीखोजी गर्ने क्रम बढिरहेको प्रवक्ता शोभन अधिकारीले बताए । टेलिकमले अबको केही दिनभित्र ग्राहकलाई ई–सिम वितरण गर्ने जनाएको छ ।