एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले लिभरपुललाई २–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा खेलको ३६ औं मिनेटमा सन हेउंग मिनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफमै इन्जुरी समयमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए । […]