माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा आफ्नो उम्मेदवारी अवसर र चुनौतीको रुपमा रहेको बताएका छन् । आइतबार गोरखाको शहिद लखन थापा गाउँपालिका, घैरुङ पिपलछापको खेल मैदानमा आयोजित सत्ता गठबन्धनको चुनावीसभामा सम्बोधन गर्दै उनले गोरखावासीले बलियो साथ दिए गोरखाबाटै आफूले आर्थिक समृद्धिको अभियान सुरु गर्ने बताए । उनले आफू देशको सम्भावित नेतृत्वकर्ता समेत रहेकोे उल्लेख गर्दै गोरखाबाटै फेरि आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउने बताए । उनले बुढीगण्डकी जलविद्युत आयो