एकथरीले प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हाल्छन्ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकथरी मान्छेहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन बसेर धुप हाल्ने गरेको बताएका छन् । अखिल नेपाल किसान महाससंघ (क्रान्तिकारी) को तेस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले अस्थिरताको कारक प्रचण्ड भएको भन्दै आरोपित गर्ने गरेको पनि बताए ।‘एकथरी मान्छेहरु बसेर रातदिन धुप हालेर बस्छन् प्रचण्ड सिद्धियोस् भनेर’, प्रचण्डको भनाइ छ, ‘यो देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर

सम्बन्धित सामग्री

प्रचण्ड बालकाेटमा

काठमाण्डाै – सरकार गठनबारे छलफल गर्न नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेट पुग्नुभएकाे छ ।  प्रचण्ड सरकार गठनबारे छलफल गर्न पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङसहित ओली निवास बालकाेट पुग्नुभएकाे हाे । अहिले उहाँहरू छलफलमा हुनुहुन्छ ।  आजै बिहान बालुवाटारमा बसेकाे सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएपछि प्रचण्ड बालकाेट पुग्नुभएकाे हाे । नेकपा विभाजनपछि प्रचण्ड पहिलो पटक बालकोट पुग्नुभएकाे हाे । अहिले एमाले, म...

बालुवाटारबाट बाहिरिए प्रचण्ड

बालुवाटारमा जारी सत्ता गठबन्धनकाे बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएका छन् । सत्ता गठबन्धनकाे बैठकमा नयाँ सरकारकाे भागवण्डाबारे कुरा मिल्न नसकेका बेला प्रचण्ड बाहिरिएका हुन् ।

प्रचण्ड–प्रकाशमान भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्यपकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र नेता सिंहबीच शुक्रबार बिहान अध्यक्ष निवास खुमलटारमा भेटवार्ता भएको हो । यसअघि बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालबीच भएको छलफलकै निरन्तरतास्वरुप शुक्रबार बिहान नेताहरुबीच भेटवार्ता भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । बिहीबार बालुवाटारमा भएको छलफलमा सत्ता बाँडफाँटबारे नेताहरु

प्रचण्ड र वामदेवबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटघाट भएको छ । प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र गौतमबीच बेलुका ५ बजेतिर भेटघाट भएको गौतमका स्वकीय सचिव दिपक टमाटाले बताए ।दुई नेताबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ । प्रचण्ड र गौतमबीच आधा घण्टा मात्रै भेट भएको छ ।

शुक्रबार भारत जाँदै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली जाने भएका छन्। प्रचण्ड शुक्रबार (भोलि) दिल्ली जान लागेका हुन्।...

प्रचण्ड सुटुक्क चितवनमा !

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सुटुक्क चितवन आएर काठमाण्डौ फर्कनुभएको छ । अघिपछि प्रचण्ड चितवन आउँदा उहाँको सचिवालयले मात्र होइन जिल्ला तहका नेताले भरतपुर विमानस्थलमा फुलमालाले स्वागत गर्दथे ।  प्रचण्ड आज चितवन आएको कुरा न हल्ला गरियो न विमानस्थलमा स्वागत । भरतपुर महानगरको मेयरमा सत्ता गठबन्धनबाट छोरी रेनु दहालले उम्मेदवारी दर्ता गराएकै भोलिपल्ट आज बिहान प्रचण्ड चितवन आएर केही समय बसेर फर्कनुभएको थियो ।  प्रचण्ड भरतपुरको पछिल्लो अवस्थाका बारेमा चासो राख्दै असन्तुष्ट कांग्रेस ने...

प्रचण्ड जनकपुरमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै जनकपुर गएका छन् ।  सहिद रामवृक्ष यादवका सहपाठी सन्तोषी यादवको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्न प्रचण्ड जनकपुर गएका हुन् । प्रचण्ड गत २ भदौमा यादवको स्मृतिसभालाई सम्बोधन गर्न पनि जनकपुर पुगेका थिए । तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र संघर्ष सुरु नगर्दै २ भदौ २०५१ उनको हत्या भएको थियो । पार्टी केन्द्रीय समितिको आह्वानमा अघिल्लो दिन जनकपुरमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको

प्रचण्ड अस्पतालबाट डिस्चार्ज

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट डिस्चार्ज भएका छन् । रक्तचाप बढेपछि अध्यक्ष प्रचण्ड शनिबार मेडिसिटी अस्पताल भर्ना भएका थिए । डाक्टरहरुको सल्लाहअनुसार एक रात अस्पताल बसेपछि आइतबार प्रचण्ड डिस्चार्ज भएका हुन् । चिकित्सकका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ अवस्था सामान्य रहेको छ ।केही दिनअघि विभिन्न जिल्ला भ्रमण गएकाले दौडधुपका कारण उनको रक्तचाप बढेको थियो ।

'यो युगको प्रचण्ड म मात्र हो’

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो युगको प्रचण्ड आफुमात्रै भएको बताएका छन्। एउटै समयमा थुप्रै प्रचण्ड जन्मन नसक्ने उनको भनाइ थियो। शुक्रवार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराउँदै उनले माओवादी आन्दोलन र प्रचण्डलाई प्रतिक्रान्तिकारीहरुले सिध्याउन खोजेको भन्दै रक्षा गर्न आग्रह गरे। ‘एउटै युग, कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन्, थुप्रै माक्र्स, लेनिन र माओ हुनै सक्दैनन्।’ उनले भने।

सडकमा प्रचण्ड !

नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ‘प्रचण्ड-नेपाल’ समूहले काठमाडौंको भृकुटीमण्डपमा शुुक्रबार प्रतिनिधिसभा विघटनविरुद्ध आयोजना गरेको विरोधसभामा सहभागी हुन अगाडि ‍यालीमा सहभागि नेकपा अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाललगायत नेताहरु ।  तस्वीर : रोशन सापकोटा-रासस