सप्तरीको अग्नीसाइरको अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा काँग्रेस

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । उपाध्यक्षमा भने काँग्रेसले विजय हासिल गरेको छ ।  एमालेका अध्यक्षका उम्मेदवार दिनानाथ चौधरीले ४ हजार ७४ मतका साथ विजयी हासिल गर्दा काँग्रेसका परशुराम चौधरी ३ हजार ८८ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसकी कल्पना कुमारी चौधरीले ४ हजार २१६ मतका साथ विजय हासिल गरिन् ।

सम्बन्धित सामग्री

बिन्दबासिनी गाउँपालिकाको अध्यक्षमा लोसपा र उपाध्यक्षमा एमाले विजयी

वीरगञ्ज- पर्साको बिन्दबासिनी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा लोसपाका प्रमोद तिवारी ४ हजार १४१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विवेककुमार चौरसियाले ३ हजार ४६८ मत प्राप्त गरे। एमालेका गम्भिरा साह तेलीले १ हजार ८८९ प्राप्त गरे। गाउँपालिकाका निवर्तमान अध्यक्ष तथ […]

मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

४ जेठ, विराटनगर । मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सीतादेवी राजवंशी निर्वाचित भएका हुन् । चौधरी  ६ हजार ५६५ मतसहित विजयी भए । अध्यक्षमा चौधरीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुभाषकुमार सरदारले ५ हजार ६८२ मत प्राप्त गरे । […]

नवलपरासीको सरावलको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

४ जेठ, नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन निर्वाचत भएका हुन । चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरे । चौधरीले ७ हजार ५९ मत ल्याउँदा गौडले ४ हजार ८९ मत ल्याए […]

सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएकाे छ । अध्यक्षमा एमालेका झम्क नेपाल सात हजार एक सय २७ मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका विकास लामाले ६ हजार एक सय ६८ मत प्राप्त गर्नुभयाे । अध्यक्षमा विजयी नेपाल यसअघि २०७४ को चुनावमा कांग्रेससँग पराजित हुनुभएकाे थियाे ।  यस्तै उपाध्यक्षमा पनि एमालेकी शोभना तामाङ विजयी हुनुभएकाे छ । उहाँले कांग्रेसकी दया मिश्रलाई पछि पार्नुभयाे ।

पर्वतको महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पर्वत : पर्वतको महाशिला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ। अध्यक्षमा एमालेका ईश्वरी प्रसाद भुसालले २७४३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी अशोक उच्चै ठकुरीले २३०६ मत ल्याएका छन्। उपाध्यक्षमा विजयी धनसुवा विकले २७०६ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का वीराज हमालले १९६९ मत ल्याए। महाशिलाका छ वटा…

कालिगण्डकीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

३ जेठ, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बेदबहादुर थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् । अध्यक्षमा कांग्रेसका थापाले ४ हजार ८१० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका रामजी ढकालले ४ हजार ६७७ मत ल्याए । उपाध्यक्षमा निर्वाचित एमालेकी दर्लामीले ४ हजार ४८४ मत […]

रसुवाको नौकुण्डको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका नुर्वुसाङ्बो घलेले ३४७४ मत पाउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेकी सिर्जना लामाले ३०९७ मत पाउनुभयो ।   उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले २९०४ मत ल्याएर निर्वाचित हुनुभयो । उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वि जनता समाजवादी पार्टीका भुमे लामाले १९५१ मत पाउनुभयो ।  अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा कांग्रेसका कान्छा तामाङ, वडा नम्बर २ मा एमालेका ङाफु याल्बो थोक्...

गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी

गुल्मीको मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट काँग्रेसका महेन्द्र बहादुर कुँवर १० मतान्तरले विजयी भएका हुन् । अध्यक्षमा कुँवर ४ हजार ७०७ मतसहित विजयी हुँदा नेकपा एमालेका प्रेमबहादुर केसीले ४ हजार ६९७ मत पाए । यस्तै, उपाध्यक्षमा एमालेकी सरिता खड्का ४ हजार ५६७ मतसहित निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बेगम बहादुर चन्द बोहोराले

नवलपरासी बौदीकालीको अध्यक्ष/उपाध्यक्षमा एमाले विजयी

काठमाण्डाै - नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका प्रकाश ओझा निर्वाचित हुनुभयो । उहाँले ३ हजार ९७६ र ओझाका प्रतिस्पर्धी नेपाली कांग्रेसका केवी रानाले ३ हजार ५ सय ४१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी केसी सारु निर्वाचित हुनुभएको छ । उहाँले ३ हजार ९६२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ती घिमिरेले ३ हजार ५०६ मत ल्याउनुभयो ।