संसद्मा अर्थहीन छलफल

एकातिर महत्त्वपूर्ण विधेयकहरू पारित हुन नसकेर समस्या भइरहेको छ भने अर्कातिर सांसदहरूले विभिन्न विषयमा चासो र चिन्ता व्यक्त गर्दै संसद्मा भाषण गरिरहेका छन् । यतिखेर यस्ता भाषणको कुनै अर्थ छैन । सांसदहरूले अर्थतन्त्र सुधार्नुपर्छ भनेर गरेको छलफलको कुनै अर्थ छैन, जुन आइतवार संसद्मा सत्ता र प्रतिपक्षका सांसदहरूले गरे । झट्ट हेर्दा सांसदहरूले अर्थतन्त्रको बिग्रँदो अवस्थाप्रति निकै चासो राखेको देखिन्छ तर संसदीय प्रक्रियाबाट विश्लेषण गर्दा यो समयको बर्बादी मात्र हो । संसद् भनेको यस्तो थलो हो जहाँ छलफल भएपछि समस्याको समाधान हुनुपर्छ, सरकारले गम्भीर भएर यस्ता छलफलको निष्कर्ष मान्नुपर्छ । तर सांसदहरूले पटकपटक छलफल गर्ने अनि समस्या जस्ताको त्यस्तै रहने हुँदा छलफलको कुनै अर्थ नभएको हो । अर्थतन्त्र सही ट्रयाकमा नरहेको बेला पनि अर्थमन्त्रालय नेतृत्वविहीन छ । दलहरू मन्त्रालयको बाँडफाँटको वार्तामा अल्झिरहेका छन् । दलहरू अर्थतन्त्रप्रति चिन्तित भएको भए ठोस कार्य गर्न दलहरूबीच सहमति भई चाँडो सहमति जुट्नुपर्थ्यो । दुर्भाग्य त्यसो हुन सकेको छैन । सरकार संसद्प्रति जिम्मेवार हुन्छ । सरकारमाथि अंकुश लगाउन सक्ने शक्ति संसद्सँग छ । त्यसैले संसद्ले कुनै ठोस प्रस्ताव पारित गरेर सरकारलाई काम गर्न बाध्य पारेको भए चिन्ताको अर्थ हुन्थ्यो । त्यसले केही परिणाम पनि दिन्थ्यो । संसद्ले सरकारलाई तत्काल अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन रुलिङ गर्न सक्छ । अथवा अर्थतन्त्रसँग सम्बन्धित समस्यालाई सुधार गर्न गैरसरकारी विधेयक संसदमा लैजान सकिन्छ । तर, हालसम्म गैरसरकारी विधेयक संसदमा दर्ता भएको देखिँदैन । प्रतिपक्षले संसद नै रोकेर पनि सुधारको काम गर्न बाध्य पार्न सक्छ । तर, यस्तो केही पनि भएको देखिँदैन । कानून निर्माणको मुख्य काम थाँती राखेर विविध खालको गफ गर्ने चौतारीजस्तो बनेको छ संसद् । विकास निर्माणका लागि आवश्यक ऐनको व्यवस्था गरिदिनुपर्ने संसद् यसरी गफमा भुलिरहँदा मुलुकको अर्थतन्त्रले गति लिने सम्भावना झनै पर सर्दै जान्छ । समाधान निस्कन नसक्ने समस्यामा छलफल गर्नु मतदाताप्रतिको बेइमानी पनि हो । यस्ता अर्थहीन छलफलमा जनताले तिरेको कर खेर जानु कुनै पनि दृष्टिकोणले सही मान्न सकिँदैन ।

सम्बन्धित सामग्री

बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको औचित्य छैन

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन नहुने हो भने त्यसबारे संसद्मा छलफल चलाउनुको औचित्य नरहने भन्दै सांसदहरुले सदनमा उठेका विषयलाई सरकारले स्वामित्वकरण गर्न नसकेको र औपचारिकताका लागि मात्रै छलफल चलाइएको बताएका हुन् । सांसद मनिष झाले बजेटको अनुमोदन प्रक्रिया नै पुनःसंरचना गर्न आवश्यक रहेको बनाउनुभयो । “बजेट अनुमोदन गर्दैगर्दा हाम्रा तर्क र तथ्यको औचित्य …

शपथअघि जबराले दलसँग छलफल गर्ने

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बिहीबार संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्ने भएका छन्।...

नियम निलम्बन गर्दै संसद्मा बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल गरिने

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम निलम्बन गरेर संसद्मा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरिने भएको छ । संघीय संसद्मा बजेट प्रस्तुत हुनुभन्दा १५ दिनअगावै ‘पूर्वबजेट छलफल’ सम्पन्न भइसक्नुपर्ने कानुनी व्यवस्था छ ।...

संसद्मा हुने ‘प्रि–बजेट’ छलफल अन्योलमा

संघीय संसद्मा आगामी आर्थिक वर्ष २०७९–०८०को ‘पूर्वबजेट छलफल’ (प्रि–बजेट डिस्कसन)हुने–नहुने अन्योल देखिएको छ । ३० वैशाखलाई तोकिएको स्थानीय तहको चुनावअघि संसद् बैठक बस्ने सम्भावना छैन । तर, संघीय संसद्मा बजेट प्रस्तुत हुनुभन्दा...

सञ्चारमन्त्री कार्की भन्छन्–एमसीसीलाई संसद्मा निश्कर्षमा पुर्‍याउने विषयमा छलफल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बसेको गठबन्धनको बैठकमा एमसीसीलाई सार्वभौम संसद्‍मा छलफल गराएर निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको दायित्व संसदलाई सुचारु गराउनुपर्ने भएकाले संसदलाई जीवित राख्न प्रमुख प्रतिपक्ष दल केपी शर्मा ओलीसँग छलफल गरेको दाबी गरे । उनले एमसीसी संसद्मा टेबल गर्ने विषयमा प्रधामन्त्री […]

एमसीसी संसद्मा छलफल हुनुपर्छ: उपमहासचिव ज्ञवाली

लुम्बिनी । नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे सार्वभौम ससंद्मा छलफल हुनुपर्ने बताएका छन् । उनले एमसीसी सम्झौताबारे जनतालाई यथार्थ जानकारी दिन पनि संसद्मा पेश गरेर छलफल हुनुपर्ने बताए । प्रेस चौतारी रुपन्देहीले बुटवलमा बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले एमसीसीको विषयलाई सभामुखले संसद्मा आउने ढोका बन्द गर्न […]

प्रदेश १ को नामकरण संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाइनेछः मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताएका छन्।...