नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङ पदावधि सकिएर बाहिरिएसँगै विद्युत् चुहावट ह्वात्तै बढेको छ।गत भदौ २९ देखि प्राधिकरण निमित्त कार्यकारी प्रमुखका भरमा चल्दा प्राधिकरणको कार्य प्रणालीमा ढिलासुस्ती हुँदा विद्युत् चुहावटसँगै बेलुकाको समयमा काठमाडौं उपत्यकामा बिजुली जाने समस्या पनि बढेको छ।