दुर्गम चुम्चेतमा बिजुली बत्ती

काठमाडौँ,१५ जेठ । उत्तरी गोरखाको दुर्गम क्षेत्रमा पर्ने चुम्चेतका २७० घरघुरीमा बिजुली बत्ती बलेको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा चुम्लिङ, चुम्चेत लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी बिजुली बत्ती बाल्न सुरु गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । आयोजनाबाट ७० किलोबाट क्षमताको विद्युत् उत्पादन भएसँगै स्थानीयवासीले बिजुली बत्ती सुविधा पाएका हुन् । दुर्गम क्षेत्रमा […]

सम्बन्धित सामग्री

जुगल फेदीको गुम्बा, क्याङसिङ, अम्बा खर्कमा बल्यो बिजुली

सिन्धुपाल्चोककै कर्णाली भनेर चिनिने जुगल गाउँपालिका–३ को अति दुर्गम गाउँ गुम्बा, क्याङसिङ, अम्बा खर्कमा पहिलो पटक बिजुली बत्ती बलेको छ । उक्त गाउँमा पहिलो पटक बिजुली बत्ती बलेपछि स्थानीयमा हर्षको सीमा नै छैन ।

संखुवासभाको दुर्गम भोटखोला गाउँपालिकामा विद्युत्को राष्ट्रिय प्रसारणलाइन जोडियो

चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–४, गोलाबजारमा मंगलबारबाट राष्ट्रिय प्रसारणलाइनको बिजुली बत्ती बालिएको छ । १० स्थानीय तह रहेको संखुवासभामा अन्य स्थानीय तहमा राष्ट्रिय प्रसारणलाइन जोडिए पनि भोटखोला गाउँपालिमा जडान हुन सकेको...

दुर्गम बस्ती कुइनेमंगले विद्युतको पहुँचमा

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमंगलेमा विद्युतको पहुँच पुगेको छ । कुइनेमंगलेसहित वडा नं ७ चिमखोलाको गौडामुनी र नामेला बस्तीमा विद्युतको पहुँच बिस्तार भएको हो । एक्काइस घरधुरीको रहेको कुइनेमंगलेमा बिजुली बत्ती बलेपछि सर्वसाधारण हर्षित बनेको स्थानीयवासी नरप्रसाद छन्त्यालले बताए। उनका अनुसार यसअघि चिमखोलाको बगरखोला लघुजलविद्युत्बाट विद्युत् सुविधा पुगेको भए पनि मलाङको भीषण पहिरोले बिजुलीका पोल […]

दिनभरको काम, ८२ रुपैयाँ दाम!

स्याङ्जा : ६० वर्षीय किसान घिलेले मन्दिरमा नगरा बजाउन थालेको २१ वर्ष पूरा भयो। सरकारी जागिर खाएको भए अहिलेसम्म पेन्सन पाकिसक्थ्यो तर उनी अहिले पनि दैनिक ८२ रुपैयाँ १३ पैसामा काम गरिरहेका छन्।शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी मन्दिरमा नगरा बजाउने घिलेको दैनिकी वर्षौंदेखि उस्तै छ। जिल्लाकै दुर्गम मानिएको कालीगण्डकी गाउँपालिकामा थुप्रै बाटा बनेका छन्। यहाँका ८० प्रतिशत नागरिकको घरमा धारो र बिजुली बत्ती पुगेको छ। गाउँपालिकामा शिक्षा र स्वास्थ्यका

गोरखाको दुर्गम चुम्चेतमा बिजुली बत्ती

गोरखा । उत्तरी गोरखाको दुर्गम क्षेत्रमा पर्ने चुम्चेतका २७० घरघुरीमा बिजुली बत्ती बलेको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा चुम्लिङ, चुम्चेत लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी बिजुली बत्ती बाल्न सुरु गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । आयोजनाबाट ७० किलोबाट क्षमताको विद्युत् उत्पादन भएसँगै स्थानीयवासीले बिजुली बत्ती सुविधा पाएका हुन् । दुर्गम क्षेत्रमा उज्यालो […]

वर्षाैँपछि डाेटीकाे काैराडीमा बिजुली पुग्याे

डोटी - डोटीको सबैभन्दा दुर्गम मानिने सायल गाउँपालिका–१ छपाली काैराडीमा वर्षाैँपछि बिजुली बत्ती पुगेको छ । यस वडा वर्षाैँदेखि अन्धकार भएका कारण स्थानीय जनप्रतिनिधि तथा प्रदेश सरकारको सहयोगमा ३३ केभीए प्रसारण लाइनको विद्युत् सेवा पुगेको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ । गाउँमा विद्युत् विस्तार भएसँगै त्यहाँका नागरिकहरुको कामकाजमा पनि निकै सहज बन्ने भएको छ । डोटीको पश्चिमी क्षेत्रमा रहेका स्थानीय तहमा विद्युत् विस्तारका लागि सङ्घीय, प्रदेश तथा स्थानीय सरकारको सहयोग तथा सहक...

बल्ल किलिङमा बिजुली बल्यो

फुङ्लिङ । बिजुली लाइन नभएपछि अँध्यारोमा बस्दै आएको ताप्लेजुङको दुर्गम हिमाली बस्ती किलिङमा बल्ल बिजुली बत्ती बलेको छ ।

कैलाशका ३५० घुरधुरीमा बिजुली पुगेपछि स्थानीय खुसी

बझाङ : नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन पुगेपछि जयपृथ्वी नगरपालिका–१ कैलाशका ३५० घुरधुरीमा बिजुली बत्ती बल्न थालेको छ। दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन्। नगरपालिका भए पनि यस ठाउँका बासिन्दा वर्षौदेखि झरो र सोलार बालेर दैनिकी चलाउँदै आएका थिए। रविन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताए। ‘गाउँमा बत्ती नभएकाले मोबाइल चार्जसम्म हुँदैन थियो,’ उनले भने, ‘अब त्यो समस्या हट्यो। अहिले घर घरमा बिजुली बत्ती

म्याग्दीको दुर्गम गाउँ मुदीमा बिजुली

म्याग्दी । वर्षौंदेखि टुकीको मधुरो उज्यालोमा जीवन बिताउन बाध्य पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा बिजुली बत्ती पुगेको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा विद्युत् विस्तार गरेको हो । प्राधिकरण म्याग्दी विद्युत् वितरण केन्द्रका सूचना अधिकारी रवीन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्त बजेटमा मुदीका २ सय घरमा विद्युतीकरण भएको छ । यसअघि सोही वडाको खाम्ला, खारा र बाँसबोट लगायत गाउँका ६५ घरमा बिजुली पुगिसकेको उनले बताए । केन्द्रीय विद्युत् लाइन वितरणका लागि मुदी र खाम्लामा एक/एक सय केभीए क्षमताका दुइओटा ट्रान्सफर्मर राखिएका छन् । धवलागिरिको ताकम, मच्छिम, फलियागाउँ, मुना र दर हुँदै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । मुदीमा सडक विस्तार नहुँदै धवलागिरि गाउँपालिकाले २०७६ सालमा हेलिकोप्टरबाट दुईओटा ट्रान्सफर्मर ढुवानी गरेको थियो । बिजुली बलेसँगै उज्यालोका लागि सोलार र मट्टीतेलको टुकी बत्तीमा निर्भर हुनुपर्ने बाध्यता हटेको स्थानीय टेकबहादुर घर्तीले बताए । विद्युत् विस्तारले घरायसी काम, विद्यार्थीलाई अध्ययनमा सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालनको अवसर सृजना हुने उनको भनाइ छ । धवलागिरि गाउँपालिकाको ‘उज्यालो पालिका’ कार्यक्रम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । उनका अनुसार मुदी र मुनाका सबै घरमा विद्युतीकरण भएपछि गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ । पालिकाका सबै घरमा केन्द्रीय प्रसारण लाइन, लघु जलविद्युत् र सौर्य ऊर्जामध्ये एक माध्यमबाट विद्युत् सुविधा पु¥याउने गाउँपालिकाको योजना रहेको अध्यक्ष पुनको भनाइ छ । उज्यालो पालिका कार्यक्रम अन्तर्गत गाउँपालिकाका ५० घरमा ५० वाटको सोलार बत्ती जडान गरिएको छ ।

कालिकोट दुर्गम पलातामा बिजुली बत्ती

कालिकोट : कालिकोटको दुर्गम पलाता गाउँपालिका–७ स्थित भुच्चीखोला लघुजलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ। ४० किलोवाटको लघुजलविद्युत आयोजनाले २८० सय घरधुरीमा बजुली बत्ती बालिएको हो। दुई करोड नौ लाख रुपैयाँको लागतमा निर्माण भएको आयोजनाको साबिकको थिर्पु गाविसको ३६ लाख, वैकल्पिक ऊर्जाबाट प्राप्त ...