तारकेश्वरमा सौर्य बत्ती जडान गरिने

२९ साउन, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकाका सडकमा सौर्य बत्ती जडान गरिने भएको छ । नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा नगर उज्यालो कार्यक्रमअन्तर्गत मुख्य सडकमा तीन सय ४० सोलार बत्ती जडान गर्न लागेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले रु दुई करोड ६० लाखमा नगरपालिकाभित्रको मुख्य सडकमा सौर्य बत्ती जडान गर्न लागेको जानकारी […]

सम्बन्धित सामग्री

पँधेरो, चौतारोमा सौर्य बत्ती

दोलखाको भीमेश्वर नगरपालिका–७ ले २० लाख रुपियाँको लगानीमा उज्यालो वडा कार्यक्रम सञ्चालनमा ल्याएको छ । उज्यालो वडा कार्यक्रम अन्तर्गत यो वर्ष वडाका महत्वपूर्ण र असुरक्षित स्थानमा सोलर बत्ती जडान गरिएको वडाध्यक्ष विनोद तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मठमन्दिर, चौतारो, घाट, बिसाउनी, घुम्ती, दोबाटो, जनावरको आक्रमण हुने स्थानमा २० वटा पोलमा सौर्य बत्ती जडान गरिएको हो । अति आवश्यक देखिएका वडाको तल्लो भाग काउले, उखुबारी मन्दिर, कुप्रीको शिव मन्दिर, माथिल्लो भागको बुद्धपार्क, ढुङ्गेधारो, चरङ्गे घाटलगायतका स्थानमा यो बत्ती जडान गरिएको छ ।

खोटाङको हलेसीमा सौर्य बत्ती जडान

प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्य बत्ती जडान गरिएको छ।

वाणी–बंक बजारमा सडक बत्तीसँगै सिसिटिभी क्यामेरा जडान

कञ्चनपुर– कृष्णपुर नगरपालिका– २ वाणी र बंक बजारमा सडक बत्ती जडान गर्न थालिएको छ । बजार क्षेत्रमा जडान भई बिग्रिएका सौर्य बत्ती मर्मतसँगै नयाँ सेन्सरयुक्त सडक बत्ती जडान गर्न थालिएको हो। ‘बजार क्षेत्रमा रहेका सातभन्दा बढी सौर्य बत्ती बिग्रिएको अवस्थामा थिए’, वडाध्यक्ष अर्जुन साउँदले भने , ‘बिग्रिएका बत्ती मर्मत गरिरहेका छौँ, बजार क्षेत्रसँगै ग्रामीण क्षेत्रमा जाने […]

सौर्य बत्तीले चौरजहारी झिलिमिली

रुकुम (पूर्व) : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका विभिन्न वडामा सौर्य बत्ती जडान गरिएको छ। नगरका आठ वटा वडाका ३ सय २५ ठाउँमा सौर्य बत्ती जडान गरिएको हो।चौरजहारी नयाँ सहर आयोजनाले नयाँ सहर क्षेत्रका सडक, सार्वजनिक स्थल र बसपार्क क्षेत्रमा सौर्य बत्ती जडान गरेको छ। चौरजहारी नयाँ सहर क्षेत्रमा ३ सय २५ ओटा सौर्य बत्ती जडान गरिएको नयाँ सहर आयोजना चौरजहारीका प्रमुख धिर फडेराले बताए।उनका अनुसार आर्थिक वर्ष ०७८/०७९ को स्वीकृत कार्यक्रम अनुसार छनोट भएका आठ वटा वडामा सौर्य बत्ती जडान सम्पन्न गरिएको हो।च

रुकुम पश्चिम : सौर्य बत्तीले झिलिमिली चौरजहारी

रुकुम पश्चिम - रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका विभिन्न वडामा सौर्य बत्ती जडान गरिएको छ । नगरका आठ वटा वडाका ३ सय २५ ठाउँमा सौर्य बत्ती जडान गरिएकाे हाे ।  चौरजहारी नयाँ सहर आयोजनाले नयाँ सहर क्षेत्रका सडक, सार्वजनिक स्थल र बसपार्क क्षेत्रमा सौर्य बत्ती जडान गरेको छ । चौरजहारी नयाँ सहर क्षेत्रमा ३ सय २५ ओटा सौर्य बत्ती जडान गरिएको नयाँ सहर आयोजना चौरजहारीका प्रमुख धिर फडेराले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०७८/०७९ को स्वीकृत कार्यक्रम अनुसार छनाेट भएका आठ वटा वडामा सौर्य बत्ती जडान सम्पन्न गरिए...

नेपालगञ्जमा बल्न छाडे सौर्य बत्ती

बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्य बत्ती बल्न छोडेका छन् । सौर्य बत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश बत्तीहरू बल्न छाडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छाडेपछि सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गरेका छन् ।६ महिनादेखि राम्ररी बलेको छैन । तर, बत्तीको मर्मतसम्भार गर्न सरोकारवालाले चासो नदेखाएको स्थानीय नागरिकहरुले बताउने गरेका छन् । बत्ती मर्मतको लागि नेपालगञ्ज उपमहानगरपालिकाले हरेक बर्ष बजेट विनियोजन गरे पनि बत्ती मर्मत भएक

नेपालगञ्ज र आसपास जडान गरिएका धेरैजसाे साेलार बत्ती बल्दैनन्

बाँके – बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका धेरैजसाे सौर्य बत्ती एक वर्ष नबित्दै बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर अहिले धेरैजसाे सौर्य बत्ती बल्न छोडेका हुन् । ६ महिनादेखि बत्ती राम्ररी बलेकाे छैन । तर बत्ती बनाउन सरोकारवालाले चासो नदेखाएको स्थानीयवासीकाे गुनासाे छ । सौर्य बत्ती मर्मतका लागि नेपालगञ्ज उपमहानगरपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको छ तर बत्ती मर्मत गरेकाे देखिँदैन । उपमहानगरपालिकाभित्र दुई सय ५० वटा सौर्य बत्ती जडान भएका छन् । तर जडान भएक...

बल्दैनन् सौर्य बत्ती

इलाम बजार क्षेत्रभित्र जडान गरिएका सोलार (सडक) बत्तीहरू बल्न छोडेका छन् । सौर्य बत्ती जडान गरिएको छ महिना पनि नबित्दै रातको समयमा बत्ती बल्न छाडेको हो ।