वीपी प्रतिष्ठानको सेवा सुधार गर्न नागरिक दबाब सञ्जालको एक हप्ते अल्टिमेटम

जेठ २४, धरान । पदाधिकारीहरुको आपसी द्वन्दका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवाहरु प्रभावित हुन थालेपछि धरान नागरिक दबाब सञ्जालले एक हप्ते अल्टिमेटम सहित अवस्था सुधार गर्न ध्यानाकर्षण पत्र बुझाएको छ ।  प्रतिष्ठानमा बढ्दै गएको बेथितिको अन्त्य गर्दै उपचार सेवा सुधार गर्न धरानका नागरिकले संगठित रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । दुई दिन अघि धरानका बुद्धिजिवी, नागरिक समाजका अगुवा, विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्थाहरुको सामुहिक छलफलबाट महेन्द्र क्याम्पसका पूर्व प्राध्यापक प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा सञ्जाल गठन गरेको थियो ।  सञ्जालले सोमवार प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई एकै मञ्चमा राखी प्रतिष्ठान सुधान गर्न ध्यानाकर्षण गराएको हो । धरान उपमहानगरपालिकाका मेयर सहित पुगेको सञ्जालका प्रतिनिधीहरुले प्रतिष्ठान प्रतिको जनताको गुनासो बढ्दै गएकाले एक हप्ता भित्र सेवा सुधार गर्न ध्यानाकर्षण गराएका छन् । प्रतिष्ठानमा आर्थिक अनियमितता, पदाधिकारीहरु बिचको द्वन्द, गुणस्तरहिन मेशिन, अव्यवस्थित कोभिड अस्पताल लगायत अन्य विभागहरुलाई चुस्त बनाउन उनीहरुले माग गरेका छन् ।  उपचार सेवा सुविधा दिनुपर्ने संस्था आफैं भ्रष्टाचार, अनियमिता र अर्बौको बेरुजुको शिकार रहेको र भ्रष्टाचार, कमिशन, दलाली र विचौलियाको दबदबाले संस्था रुग्ण बन्दै गएको सञ्जालका संयोजक प्रा.डा.राजेन्द्र शर्माको भनाइ छ ।  दबाब सञ्जालले तत्कालै सुधारका लागि अधिकार सम्पन्न अनुगमन समिति गठन गर्न माग गरेको छ । यस्तै, वर्तमान अवस्थाको चित्रण सहितको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, सेवा सुचारु हुन नसकेका उपकरण, मेशिन मर्मतसम्भार गरी सुचारु हुनुपर्ने, अक्सिजन प्लान्ट सञ्चालन गर्दै सहज अक्सिजनको व्यवस्था गर्नुपर्ने लगायतको माग राखेका छन् ।  शर्माले भने, सुधारका लागि एक हप्ताको अल्टिमेटम दिइएको छ, सुधार नभए अर्को चरणको कार्यक्रम ल्याइने छ, प्रतिष्ठान धरानबासीको हो भन्ने ध्येयले लागेका हौं ।’ छलफलमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले छल नगरी काम गर्दै आएको बताउँदै अबका दिनमा केही कमी कमजोर भए सुधार्दै जाने प्रतिबद्धता जनाए । उनले भने, ‘हामीहरुले केही छलछाम गरेका छैनौं, सुधारका लागि तपाइहरु लाग्नुभएको छ, ‘मानिस हो, केही कमी कमजोरी हुन्छ, त्यसलाई सुधार्दै जानेछौं ।’

सम्बन्धित सामग्री

७४ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर

रसुवा– गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले २०७२ देखि स्वास्थ्य बीमा लागू भए पनि रसुवामा ७४ प्रतिशत नागरिक बीमाको पहुँचमा पुग्न सकेका छैनन् । स्वास्थ्य बीमा बोर्डले नेपाली नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि […]

बाल सुधार गृह स्थानीय तहलाई दिन मन्त्रालयको राय

काठमाडौँ– महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाल सुधार गृहको सञ्चालन-व्यवस्थापन स्थानीय तहबाट भएको खण्डमा सेवा, सुविधा र रेखदेखमा सहज र सरल हुने राय प्रस्तुत गरेको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा मन्त्रालयका सचिव सुमनराज अर्यालले पूर्वाधारको कमी र सङ्ख्याको चापले कतिपय बालगृह उचित व्यवस्थापनमा चुनौती देखिएको बताएका छन् । […]

सुधार हुँदै हवाई सेवा

काठमाडौं, जेठ २५ । हवाई सेवामा भएको सुधार र विस्तारका कारण यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएको पाइएको छ । हवाई सुरक्षामा समेत निकै सुधार हुँदै गई विश्वसनीय बन्दै गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा विश्वको औसतभन्दा राम्रो अवस्थामा पुगे पनि नीतिगत सुधारको अभावले नेपाली विमानको युरोप […]

जनप्रतिनिधिको सेवा सुविधा कटौती गर्न जेष्ठ नागरिक संघको सुझाव

ज्येष्ठ नागरिक संघ खोटाङले देशको खस्किँदो आर्थिक अवस्था सुधार गर्नका लागि वडा सदस्यदेखि राष्ट्रपतिसम्मका जनप्रतिनिधिहरुको सेवा सुविधा कटौती गर्न सरकारलाई सुझाव दिएको छ।  देशको अर्थतन्त्र जर्जर बनेको सन्दर्भमा मंगलबार जिल्ला प्रशासन...

वीरेन्द्रनगरले नागरिक सहायता केन्द्र सञ्चालन गर्ने , तोक आदेशबाट योजना नबाँड्ने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सेवाग्राहीलाई सहज सेवा दिन सहायता केन्द्र सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्दै प्रमुख मोहनमाया ढकालले नपाको सेवा प्रवाहमा सुधार ल्याउन नागरिक सहायता कक्षको व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिएकी हुन । उनका अनुसार केन्द्रमा सेवाग्राही विश्राम स्थल, शुद्ध पिउने पानी, गुनासो सुनुवाइ संयन्त्र निर्माण […]

सिमकोट विमानस्थलमा हवाई सेवा अवरुद्ध

गत बिहीबार र शुक्रबार परेको हिमपातले यहाँको हवाई सेवा अवरुद्ध भएको छ । यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको  छ । मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ । साढे दुई फिटसम्म  हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ । हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिए । विमानस्थलमा  दैनिक १५ सम्म उडान हुने बताइएको छ

हुम्लामा हवाई सेवा पुनः सुरु

सिमकोट । हुम्लामा दुई दिनपछि हवाई सेवा पुनः सुरु भएको छ। बिहीबार बिहानबाट लगातार वर्षा भइरहेको कारण हवाई सेवा अवरुद्ध भएको थियो। शनिबार मौसममा सुधार आएपछि हवाई सेवा सुचारु भएको हो। नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले शनिबार मौसममा सुधार आएपछि हवाई उडान सुरु भएको बताए। केही दिनअघि मौसममा सुधार नआएको कारण हवाई […]

तीन दिनदेखि अवरुद्ध हुम्लाको हवाई सेवा सुचारु

सिमकोट– हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा तेस्रो दिनपछि सुचारु भएको छ। बुधबार बिहानैबाट मौसममा सुधार आउँदा अवरुद्ध हवाई सेवा सुचारु भएको हो। नागरिक उड्डायन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रवन्धक नवराज कटुवालले अवरुद्ध रहेको तेस्रो दिनमा हवाई सेवा सुचारु रहेको जानकारी दिए। हवाई सेवा सुचारु भएपछि जिल्लामा भित्रिने र जिल्ला बाहिर जाने यात्रु आफ्ना […]

‘हावा चले, बादल लागे’ बन्द हुन्छ रुकुमको विद्युत् सेवा

रुकुम पूर्व – रुकुम पूर्वमा अनियमित हुने गरेको विद्युत् सेवाले नागरिकलाई हैरान बनाएको छ । विद्युत् सेवामा हुने अनियमितताका कारण यहाँका नागरिक मर्कामा परेका छन् । जिल्लाको सदरमुकाम रुकुमकोटमा पनि आकाशमा पानी पर्दा र हावा चल्नेबित्तिकै विद्युत् सेवा बन्द हुने गरेको छ ।     विद्युत् सेवामा लामो समयसम्म सुधार नहुँदा विभिन्न कार्यालयको काममा प्रभाव पर्नुका साथै सर्वसाधारणसमेत त्यसको प्रत्यक्ष मारमा परेका छन् । स्थानीयवासी केशव थापाले हावा चल्दा र पानी पर्दा यहाँको विद्युत् गइ हाल्ने समस्या लामो समयदेखि भए पनि अहि...