रुकुम पूर्व – रुकुम पूर्वमा अनियमित हुने गरेको विद्युत् सेवाले नागरिकलाई हैरान बनाएको छ । विद्युत् सेवामा हुने अनियमितताका कारण यहाँका नागरिक मर्कामा परेका छन् । जिल्लाको सदरमुकाम रुकुमकोटमा पनि आकाशमा पानी पर्दा र हावा चल्नेबित्तिकै विद्युत् सेवा बन्द हुने गरेको छ ।
विद्युत् सेवामा लामो समयसम्म सुधार नहुँदा विभिन्न कार्यालयको काममा प्रभाव पर्नुका साथै सर्वसाधारणसमेत त्यसको प्रत्यक्ष मारमा परेका छन् । स्थानीयवासी केशव थापाले हावा चल्दा र पानी पर्दा यहाँको विद्युत् गइ हाल्ने समस्या लामो समयदेखि भए पनि अहि...