नेपाल आयल निगम नेतृत्वविहीन, कार्यकारी निर्देशक पौडेलको तीन वर्षे कार्यकाल पूरा

पुस २३, काठमाडौं । नेपाल आयल निगम शुक्रवारदेखि ने प्रमुख विहीन भएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल तीन वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै उक्त पद रिक्त भएको हो । उनले सामाजिक सञ्जालमार्फत तीनवर्षे कार्यकाललाई बिट मारेको बताएका छन् । तत्कालिन सरकारले २०७५ पुस २३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनी कार्यकारी निर्देशक नियुक्त गरेको थियो । ‘पदीय गरिमा जोगाउने क्रममा निगमको हितलाई सर्वोपरी ठानी ज्ञान र बुद्धिले भ्याएसम्म अहोरात्र खटिइरहें,’ उनले भनेका छन्, ‘समस्त उपभोक्ताको सर्वतोमुखी हितलाई अर्जुनदृष्टि र अभीष्ट बनाउँदै तीन वर्षको कार्यकाल बिट मारेको छु । इन्धन आपूर्तिको सरल र बक्र दुवै गहिराइका तीतामीठा अनुभूतिसहित उपभोक्ता र निगमको वृद्धिका निम्ति आफूले कति सहजीकरण गर्न सकें या सकिनँ, यसको समग्र मूल्यांकन इतिहासलाई छाडेको छु ।’ गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी पद खाली हुनै लाग्दा  उनलाई पुनर्नियुक्ति नगरेका कारण उक्त पद रिक्त भएको हो। उनी यसअघि उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक थिए । सरकारले अव निगमको उक्त पदमा नयाँ नियुक्ती गर्ने छ ।

सम्बन्धित सामग्री

आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक भट्टद्वारा पदबहाली

नेपाल आयल निगम लिमिटेडको नवनियुक्त कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले बुधबार दिउँसो ४ बजे पदबहाली गरेका छन्। गत आइतबारको मन्त्रिपरिषद् बैठकद्वारा आगामी तीन वर्षका लािग निगमको कार्यकारी निर्देशक नियुक्त भएका भट्टले...

आयल निगमबाट राजीनामा दिएका थानी भन्छन्- चाँडै राष्ट्रिय राजनीतिमा आउँछु’

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदबाट अचानक राजिनामा दिएका उमेशप्रसाद थानीले चाँडै राष्ट्रिय राजनीतिमा आउने बताएका छन्।  आयल निगमका कर्मचारीले बुधबार दिउँसो थानीको बिदाईका लागि टेकुस्थित केन्द्रिय कार्यालयमा एक कार्यक्रम...

निगमको पोखरा डिपो प्रमुखमा ठाकुरको सरुवा, इन्धन अपचलनमाथि अनुसन्धान जारी

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गण्डकी प्रादेशिक कार्याल, पोखराको नयाँ प्रमुखमा विवादास्पद छविका उपनिर्देशक अभिषेक ठाकुरलाई पठाउने निर्णय गरेका छन्। निगमको पोखरा डिपो प्रमुख चित्तरञ्जन दास तेल अपचलनमा...

ग्यासमा चाँडै स्वचालित मूल्य प्रणाली लागु हुन्छ : निर्देशक थानी

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ग्यासमा बेहोर्दै आएको चर्को घाटालाई कम गर्न चाँडै स्वचालित मूल्य कायम गर्ने बताएका छन् । आयल निगममा आधिकारिक ट्रेड युनियन रहेको कर्मचारी...

आयल निगमको तीन डिपो प्रमुखको सरुवा गर्ने तयारी

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले तीन ठूला डिपोको कार्यालय प्रमुख हेरफेर गर्ने तयारी गरेका छन् । सोमबार मध्यरातीबाट निर्वाचन आचारसंहिताका कारण कर्मचारी सरुवा–बढुवा गर्न नपाइने भएपछि निगम...

आयल निगम कार्यकारी निर्देशक पदका लागि आवेदन मागियाे

काठमाडौं, २५ पुस : नेपाल आयल निगम लिमिटेडकाे कार्यकारी निर्देशक पदका लागि आवेदन मागिएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार पदपूर्तिसम्बन्धी सार्वजनिक सूचना निकालेर २१ दिनभित्र आवेदन दिन माग गरिएको छ । ६५ वर्ष उमेर ननाघेको र स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको […]

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

पुस २५, काठमाडौं । सरकारले नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ।  निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल तीन वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै उक्त पद रिक्त भएको हो । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतवार सार्वजनिक सूचना जारी गर्दै उक्त पदका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिबाट २१ दिनभित्र दरखास्त दिन दिन सक्नेछन्।  कार्यकारी निर्देशक हुनका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनीयरिंग वा कानून विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्ने योग्यता पनि तोकिएको छ।  इच्छुक उम्मेदवारले शैक्षिक योग्यता, अनुभवसहित ५ हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ।  दरखास्त दस्तुर भने ५ हजार रुपैयाँ तोकिएको छ।  पहिलोपटक खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलको तीनवर्षे कार्यकाल गत पुस २२ गतेबाट सकिएको थियो। यो पनि हेर्नुस् : नेपाल आयल निगम नेतृत्वविहीन, कार्यकारी निर्देशक पौडेलको तीन वर्षे कार्यकाल पूरा

कार्यकारी निर्देशक खड्कालाई काममा लगाउन सहमति प्रदान

काठमाडौं । निर्वाचन आयोगले नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति