उनका लागि समाज बाघजस्तो छ । समाजका मानिस बाघका डमरुजस्ता छन् । सोसल मिडियाका अन्तरक्रिया पुलिसजस्ता छन् । बाघ र डमरुका मुखबाट ज्यान जोगाउन मुटु दह्रो बनाउँछिन् तर सोसल मिडियामा बर्सिने घृणाका शब्द तारेभीरझैँ उनको थाप्लोमा बज्रिन्छन्, त्यसलाई पन्छाएर अघि बढ्न उनलाई हम्मे हम्मे पर्छ । नाबालिग उनलाई लाग्छ, यो संसार भनेको बाघको बगाल हो र उनी आफू त्यस बगालको निमुखो शिकार हुन् । अँध्यारो सुरुङमा थुनिएको महसुस गर्छिन् । सुरुङको एकातिर बाघ छ, अर्कोतिर पुलिस । उनलाई लाग्थ्यो, सुरुङमा तड्पिई तड्पिइकन मर्न