‘नो ह्यान्डसेक’

क्रिकेट स्कटल्यान्डले जे संकेत गरेको थियो, कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार त्यही भयो । नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीमा समावेश गरिएपछि क्रिकेट स्कटल्यान्ड र क्रिकेट नामिबियाले आफूहरू ‘सचेत रहेको’ यसअघि नै जनाएका थिए । संकेत गरेजस्तै शुक्रबार स्कटिस खेलाडीले लामिछानेसँग हात मिलाएनन् ।