डोटीका डाँडाहरु हिउँले सेताम्मे, पर्यटक आर्कषित

डोटी जिल्लामा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडाकाँडा सेताम्मे भएका छन् । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका हुन् । तिनै सेताम्मे डाँडाकाँडा अहिले आन्तरिक पर्यटकलाई आकर्षित बनाएको छ । हिउँ खेल्नकै लागि भएपनि यहाँका डाँडकाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । हिमपात भएका यहाँका डाँडाकाँडाहरुमा रमाउन तथा अवलोकन गर्नका लागि दिनहुँ सयौँ पर्यटक आउन थालेका छन् । यहाँको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा सबै

सम्बन्धित सामग्री

हिउँले टल्कियो रारा [तस्बिरहरु]

पर्यटकीय गन्तव्य रारा हिउँले चाँदीजस्तै टल्किएको छ । हिमपात र वर्षापछि शुक्रबार मौसम खुलेर रारा कपास फुलेझैँ सेताम्य देखिएको छ । ताल वरिपरिका रुखहरु हिउँले निहुरिएका छन् । हिमपातले गर्दा राराले तीन पटक रुप बदल्ने गरेको छ । घुम्न आएका आन्तरिक पर्यटक निकुञ्जका कर्मचारी, गुल्ममा कार्यरत सेनाका जवानहरु हिउँ खेल्दै रमाएका छन् ।

खुम्बु क्षेत्रमा वैशाखमा हिमपात, पर्यटक उत्साहित (फाेटाेसहित)

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले सेताम्मे बनेको छ । हिजो पानी परेपछि गएराति हिमपात हुँदा खुम्बु क्षेत्र हिउँले ढाकेको हो । हिमपातका कारण लुक्ला भन्दा माथिल्लो क्षेत्र मनमोहक बनेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार हिमपातपछि विदेशी तथा स्वदेशी पर्यटक हिउँ खेल्न पुगेका छन् । वैशाखमा समेत हिउँ खेल्न पाएपछि निकुञ्ज क्षेत्रमा आएका पर्यटक उत्साहित भएका छन् । निकुञ्जको कार्यालय रहेको ठाउँ मुख्य भ्यु पोइन्ट भएकाले अहिले निकुञ्ज क्षेत्र हिउँ ...

खुम्बु क्षेत्र हिउँले सेताम्मे, पर्यटक खुसी (फाेटाेफिचर)

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको छ । खुम्बु क्षेत्रमा गएकाे शुक्रवारदेखि निरन्तर हिमपात भएकाे हाे। नाम्चेमा मात्रै करिब ४ इन्चभन्दा बढी हिउँ जमेको छ भने नाम्चेभन्दा माथिल्लो क्षेत्रमा झनै बाक्लो हिउँ जमेको नाम्चेका पर्यटन व्यवसायी लामाजी शेर्पाले बताउनु भयाे। हिमपातसँगै पर्यटकहरु हिउँमा रम्न थालेका सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो । शनिवार हिजाे दिनभर हिउँ परेर आज बिहानदेखि घाम लागेसँगै खुम्बु क्षेत्र हिउँले टल्किए...

हिमपातले बाटोमै रोकिए ढोरपाटन पुगेका पर्यटक

ढोरपाटन । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिवार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय होटल व्यवसायी श्यमलाल घिमिरेले बताए । हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको घिमिरेको भनाइ छ । हिउँका कारण शनिवार रातभर मोबाइल नेटवर्कले काम नगरेको र आइतवार बिहान घाम लागेपछि काम गर्न थालेको उनले बताए । हिउँले सडक ठप्प भएपछि ढोरपाटनबाट बुर्तिबाङ झर्ने स्थानीय तथा पर्यटक ढोरपाटनमै रोकिएको घिमिरेको भनाइ छ । ‘हिजो बुटवलदेखि एक बस पर्यटक आएका थिए, हिउँले गर्दा फल्लेघरभन्दा माथि आउन सकेनन्, पछि पिकअपले ल्यायो’, घिमिरेले भने, ‘अहिले घाम लागेको छ, बिस्तारै हिउँ पग्लिन थालेको छ, दिउँसोसम्म सबै सडक खुल्छन् होला ।’ हिमपातले गर्दा घोडा खच्चड तथा बस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए । अघिल्लो वर्ष पुस माघमै चार/पाँच पटक हिमपात हुने गरे पनि यस वर्ष ढोरपाटन उपत्यकामा पहिलो पटक हिउँ परेको हो । रासस

हिउँले तान्दै पर्यटक, पर्यटक आउँदा चहल पहल बढ्यो

विमल विष्ट, डोटी । डोटी सहित समग्र सुदूरपश्चिममा गएको बिहीबार रातीदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडा काँडा सेताम्मे भएका छन् । हिउँले सेताम्मे भएका यहाँका डाँडा काँडामा हिउँ खेल्नकै लागि आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । यहाँको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा सबै भन्दा बढी हिमपात भएपछि अहिले त्यहाँ सरकारी कर्मचारीदेखि आन्तरिक पर्उटकहरु दिनहुँ हिउँ […]

कोरोनाले रोकिएनन् हिउँ खेल्ने पर्यटक (फोटो फिचर)

काभ्रे :बेथानचोक गाउँपालिका–३ स्थित जिल्लाकै सबैभन्दा अग्लो नारायणस्थान र आसपासको क्षेत्र यतिबेला हिउँले ढाकिएको छ। काभ्रेलगायत काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट कोरोना भाइरस र चिसाको प्रवाह नगरी अन्तरिक पर्यटकहरु हिउँ खेल्न आइपुग्ने गरेका छन्।जिल्ला प्रशासन कार्यालय काभ्रेले कोरोनाबाट सुरक्षित रहन पार्क, मेला जस्ता सार्वजनिक स्थलमा भिडभाड नगर्न आदेश जारी गरिएको छ। यद्दपि, नारायणस्थानमा यतिबेला हिउँ खेल्न आउने पर्यटकहरूको भिडमा कमी देखिएका छैनन्।पछिल्लो समय विद्यालयलगायत संघ-संस्

भेडेटार फुड फेस्टिबल सम्पन्न : ५०% भन्दा बढी भारतीय पर्यटक

पुस २०, धरान । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर बाह्य पर्यटकहरुलाई लक्षित गरि भेडेटारमा आयोजित फुड फेस्टिबलमा ५० प्रतिशतभन्दा बढी भारतीय पर्यटकहरु आएका छन् ।  होटल एसोसिएशन अफ भेडेटारले आयोजना गरेको तीन दिने नवौं फुड फेस्टिबलमा १५ हजारभन्दा बढी पर्यटक आएका थिए । ती मध्ये ५० प्रतिशत भारतीय पर्यटक रहेको आयोजकले जानकारी दिएको छ । आइतवार सकिएको फेस्टिबलमा बाह्य पर्यटकहरुको आगमन बढेपछि पर्यटन व्यवसायीहरु थप उत्साहित भएका छन् ।  भारतीय पर्यटकको आगमनले कोभिड महामारीपछि थला परेको पूर्वको पर्यटन उद्योगमा उत्साह थपिएको होटल एसोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले भने, ‘यसपाली भारतीय पर्यटकहरु पनि धेरै आए, अंग्रेजी नयाँ वर्ष उत्साहजनक रह्यो, कोभिडले थला परेको पर्यटनको लागि यो सुखद हो ।’ कोभिड महामारीको त्रास कम हुँदै गएकोले मानिसहरुलाई घुम्ने वातावरण बन्दै गएको व्यवसायीहरुको भनाइ छ । यसपाली नयाँ वर्ष नजिकिँदै गर्दा मौसमले पनि साथ दिएकोले पर्यटकहरुको आगमन बढेको हो । फेस्टिबललाई पहाडी क्षेत्रमा परेको हिउँले पनि सहयोग पु¥याएको छ । पहाडी क्षेत्रहरु हिले, चित्रे, तिनजुरे क्षेत्रमा परेको हिउँ हेर्न आएका पर्यटकहरु भेडेटारमै बास बसेका थिए ।  अध्यक्ष रुम्दालीले भने, ‘हिउँमा रमाउन पनि धेरै पर्यटकहरु आएका रहेछन्, हिउँमा रमाएर फर्कदा भेडेटारमा बास बसेको देखियो ।’ भेडेटारमा जिपलाइन, हेलि टुर, प्याराग्लाइडिङ जस्ता नयाँ प्रोडक्ट थपिएकोले पनि पर्यटकहरु आकर्षित भएका हुन् । तीन दिनमा ५० लाख बढी कारोबार भएको एशोसिएशनले जानकारी दिएको छ । भेडेटार घुम्न आउने पर्यटकहरुको लागि पाथीभारा देवी मन्दिर, शंखेश्वर महादेव र भेडेटार पार्क, थुम्किस्थित आत्माघर, नाम्जेको होम स्टे, सुर्योदय पार्क थुम्की, नमस्ते झरना, साँगुरीगढी, ओख्रे भ्यु टाँवर, राजारानीस्थित ध्वजे डाँडा, अजंगको वरको रुख लगायत पर्यटकीय गन्तव्यहरु छन् ।  पर्यटन व्यवसायी तथा होटल व्यवसायी महासंघका प्रदेश १ सचिव वासुदेव वरालले अंग्रेजी नयाँ वर्षमा पर्यटकहरुको आगमनले उत्साहित बनाएको बताउँदै ग्राहकहरुको कमी नभएको तर प्रोडक्ट तथा पर्यटकीय आकर्षणहरुको कमी देखिएको बताए ।

हिउँले ढाकिएको रारामा रमाउँदै पर्यटक

मुगु : नेपालकै सबैभन्दा ठूलो ताल रारा क्षेत्र हिउँले ढाकिएको छ। रारामा क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको छ। चिसोमा प्रवाह नगरी पर्यटकहरु हिउँ खेल्न पुगेका छन्।समुद्र सतहदेखि २ हजार ९९० मिटर उचाइमा रहेको रारा वरिपरिका रुख तथा विरुवा हिउँले सेताम्य भएका छन्। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालले रंग फेर्ने गर्दछ। कहिले खैरो, कहिले बैजनी त कहिले नीलो गरी दिनमै तीन पटकसम्म रंग बदल्ने गर्दछ।

आमायांग्रीमा बढ्दै पर्यटक

वरिपरि लोभलाग्दो हिमशृंखला । हिउँले सेताम्मे फराकिलो लेकाली जंगल । जंगली डाँडाकै शिरमा बौद्ध मन्त्र लेखिएका दर्जनौं ध्वजापताका । लेकाली घना जंगलबीच कलात्मक मानेछ्योर्तेन र तीनतले निर्माणाधीन चिटिक्क मन्दिरझैं लाग्ने आमायांग्रीको गुम्बा ।

यस कारण हराउँछन् पर्यटक

कुनै निश्चित रुटमा पर्यटक बढी हराउँछन् भनेर किटान गर्न सक्ने अवस्था छैन। तथ्यांकले पनि कमबेसी टे्रकिङका सबै रुटमा पर्यटक हराइरहेको देखाउँछ। हिमाली क्षेत्रका टे्रकिङ रुट कतै हिउँले पुरिएका हुन्छन् त कतै अप्ठेरो संरचनाका कारण जोखिमपूर्ण हुन्छन्। यस्तोमा हिमालसम्बन्धी सामान्य अनुभव तथा प्राविधिक ज्ञानको अभावमा बाटो भुलेर पर्यटक हराउन पुग्छन्।