भारतीय शेयर बजारमा हाहाकार, एशियन बजार पनि राताम्मे

काठमाडौं । शुक्रबार भारतीय शेयर बजार राताम्मे बनेको छ । अघिल्लो दिनको कारोबामा अमेरिकी शेयर बजारमा आएको तीव्र कमीको प्रभाव एशियाका बजारमा पर्दा भारतीय बजारमा समेत हाहाकार देखिएको हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर ५० आधार बिन्दुले बढाउने अनुमानले पनि बजारमा दबाब बढाएको हो ।  शुरुआती कारोबारमै प्रमुख शेयर परिसूचक सेन्सेक्स ७२४ दशमलव ५४ अंकले घटेर ५९ हजार ८१ दशमलव ७४ अंकमा आएको थियो ।  बजार बन्द हुँदा कमी केही घटेर ६७१ अंकमा झरेको थियो । बैंकका शेयर मूल्यमा आएको कमीले पनि लगानीकर्ताको मनोबल घटाएको विश्लेषण गरिएको छ । शुरुआती कारोबारमा १९५ अंकले घटेको निफ्टी बजार बन्द हुँदा १७७ अंकले घटेर १७ हजार ४५० मा समेटियो । ऊर्जा क्षेत्रको शेयरमा हरियाली देखिएपनि, बैंक, खुद्रा, पूँजीगत वस्तु र सरकारी बैंकहरुको शेयर भने रातोमा आए । अघिल्लो दिनको कारोबारमा पनि सेन्सेक्स ५४२ अंकले घटेको थियो भने निफ्टीमा १६५ अंकको कमी आएको थियो ।  शुक्रबारको कारोबारमा निफ्टीमा सबैभन्दा धेरै गुमाउनेमा अदानी इन्टरप्राइजेज, हिन्डाल्को, टेक महिन्द्रा, आईसीआईसीआई र एक्सिस बैंक थिए । निफ्टीमा सबैभन्दा धेरै भने टाटा मोटर्स, ब्रिटानिया र बजार अटोले कमाए । हालैका दिनमा रिकभरी मोडमा देखिएका भारतीय अर्बपति व्यापारी गौतम अदानीको कम्पनीहरुको शेयरमा शुक्रबार व्यापक कमी आए । एशियाका अन्य बजारको कुरा गर्नु पर्दा शुक्रबार अधिकांश बजार राताम्मे थिए । बजार बन्द हुँदा जापानमा निक्केई २२५ परिसूचक १ दशमलव ७ प्रतिशतले घटेको थियो । चीनमा साङहाई कम्पोजिट इन्डेक्स १ दशमलव ४२ प्रतिशतले घट्दा हङकङमा हाङशेङ ३ दशमलव १४ प्रतिशतले घट्यो । एशियामा हङकङ सबैभन्दा धेरै गुमाउने बजार बन्यो । सिंगापुर देखि इन्डोनेशिया अनि दक्षिण कोरिया देखि थाइल्यान्डसम्म अन्य सबै प्रमुख बजार पनि रातोमा आएर बन्द भए । यूरोपमा क्यानडा, बेलायत र जर्मनी तीन ओटैमा शेयर बजार रातोमा थिए । एजेन्सी

सम्बन्धित सामग्री

आज शेयर बजार राताम्मे

काठमाडौं– शेयर बजार आज उच्च अंकले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अंकले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ । यस्तै सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको […]

आज पनि शेयर बजार राताम्मे, ८२ करोड ४२ लाख रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । हिजो आइतवार १९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९२ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ७० विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ । दुई सय ७० वटा कम्पनीका २८ लाख १० हजार कित्ता शेयर ८२ करोड ४२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज इस्टर्न हाइड्रोपावर कम्पनी...

शेयर बजार आज पनि ओरालाे लाग्याे, ३८ अङ्कले घटेर राताम्मे

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले घटेर एक हजार आठ सय ३६ दशमलव ६० विन्दुमा झरेको छ ।   आज सबै समूहको शेयर राताम्मे भएकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । नेप्से परिसूचक घटेकाे दिन दुई सय ३१ वटा कम्पनीको ३८ लाख ५६ हजार कित्ता शेयर एक अर्ब २२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको पाँच करोड ६५ लाख रुपैयाँ बराबरको शेयर किन...

झन्डै १२ अङ्कले घटेर शेयर बजार आज पनि राताम्मे

काठमाण्डाै – शेयर बजार आज बुधवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ३९ दशमलव ८८ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ । आज दुई सय २४ वटा कम्पनीकाे २९ लाख ४३ हजार कित्ता शेयर ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज प्राइम डिबेन्चरको शेयर झन्डै ६...

शेयर बजार राताम्मे, ४५ अङ्कले घटेर २१ सय विन्दुभन्दा तल

काठमाण्डाै – शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ४५ दशमलव ४२ अङ्कले घटेर दुई हजार ६० दशमलव ७३ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २२ वटा कम्पनीकाे ६६ लाख ४६ हजार कित्ता शेयर दुई अर्ब ८१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो । आज गणपति लघुवित्तको शेयर सात प्रतिशतभन्दा धेरै तथा ...

शेयर बजार घटेर राताम्मे, ८ वटाबाहेक सबै कम्पनीको शेयर ओरालो

काठमाण्डाै – काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार पनि शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव ६ अङ्कले घटेर दुई हजार दुई सय ३८ दशमलव ६२ विन्दुमा झरेको छ ।  सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ३२ वटा कम्पनीका ४६ लाख ७४ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भयो । सबैभन्दा धेरै सूर्य लाइफ इन्सोरेन्सको आठ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज घले...

साढे ४६ अङ्कले घटेर शेयर बजार राताम्मे, कारोबार रकममा सामान्य सुधार

काठमाण्डाै – हिजो साेमवार १६ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४६ दशमलव ४६ अङ्कले घटेर दुई हजार चार सय ५२ दशमलव शून्य ६ विन्दुमा झरेको छ ।  शेयर बजार दाेहाेराे अङ्कले घटेकाे दिन होटल समूहबाहेक अरू सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । आज कारोबार रकममा भने सामान्य सुधार आएको छ । हिजो एक अर्ब ५८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २८ वटा कम्पनीका ५८ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब ६७ करोड १२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा ...

शेयर बजार ३९ अङ्कले घटेर राताम्मे, चार अर्ब आठ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव चार अङ्कले घटेर दुई हजार ६ सय ९३ दशमलव १० विन्दुमा झरेको छ । आज अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर राताम्मे भएको छ । विकास बैंक, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय ३० कम्पनीका ७१ लाख २२ हजार कित्ता शेयर चार अर्ब आठ करोड ६४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै जीवन विकास लघुवित्त कम्पनीको ५८ करोड रुपैयाँको शेयर किनबेच भयो ।...

बजार खुल्नासाथ शेयर बजार राताम्मे

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजार खुल्नासाथ ओरालो लागेको छ । ११ बजे खुलेको बजार १२ बजेसम्म पुग्दा ४० अंकले घटेको छ । लगभग सबै कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा बजार राताम्मे देखिएको छ । १२ बजे नेप्से ४ं०.४९ अंकले घटेर २६९१.३९ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.३५ अंकले घटेर ५०७.३० […]

साताको अन्तिम दिन शेयर बजार राताम्मे

काठमाडौँ । साताको अन्तिम दिन आज (बिहीबार) शेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको शेयर बजार १२ बजेसम्म करिब ६९ अङ्कले घटेको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिदा एउटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फन्ड र एउटा डिबेञ्चर भने बढेको छ । […]