काठमाण्डाै – हिजो साेमवार १६ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४६ दशमलव ४६ अङ्कले घटेर दुई हजार चार सय ५२ दशमलव शून्य ६ विन्दुमा झरेको छ ।
शेयर बजार दाेहाेराे अङ्कले घटेकाे दिन होटल समूहबाहेक अरू सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । आज कारोबार रकममा भने सामान्य सुधार आएको छ । हिजो एक अर्ब ५८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २८ वटा कम्पनीका ५८ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब ६७ करोड १२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा ...