राष्ट्रपतिको स्वास्थ्यमा सुधार, आजै डिस्चार्ज गरिने

कोरोना संक्रमणसँग जुधिरहेकी  राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएका छन् ।  त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी  भण्डारीलाई आज डिस्चार्ज गर्ने बताइएको छ ।ज्वरो र खोकी कम भएकोले आज डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अस्वस्थ भएपछि राष्ट्रपति भण्डारी २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । परीक्षणको क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।  

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, आइतबार डिस्चार्ज हुनसक्ने

‘सम्माननीय राष्ट्रपतिज्यूको उपचार आज पनि जारी रह्यो। राष्ट्रपतिको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्’, विज्ञप्तिमा भनिएको छ।

प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

सीताको स्वास्थ्यमा सुधार आएकोले डिस्चार्ज भएको छोरी गंगा दाहालले सामजिक संजाल फेसबुक मार्फत जानकारी दिएकी हुन्।

प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा सुधार, डिस्चार्जपछि घरमै आराम

काठमाडौं, १४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा १५ दिनको बसाई सीता दाहाललाई डिस्चार्ज भएर घरमा लगिएको छ । दाहालकी छोरी गंगाले फेशबुकमार्फत आमा सीताको स्वास्थ्यमा सुधार आएको जनाएकी हुन् । उनले लेखेकी छिन्-“आज १५ दिनको हस्पिटल बसाई पछि स्वास्थ्य लाभको […]

प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा सुधार, २–३ दिनमा डिस्चार्ज गर्ने तयारी

६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत बुधबार स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना भएकी सिताको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ । ‘उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको छ […]

राष्ट्रपति भण्डारी डिस्चार्ज हुँदै

२५ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज डिस्चार्ज गर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार भएको छ । ज्वरो र खोकी कम भएको छ । ‘अहिले स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्ज गर्न लागेका हौं,’ एक चिकित्सकले भने, ‘आवश्यक परे राष्ट्रपति भवनमा गएर थप […]

कांग्रेस नेता गिरिको स्वास्थ्यमा सुधार

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यमा सुधार आएको छ । गत सोमबारदेखि मेडिसिटी अस्पतालमा भर्ना भएका नेता गिरिको स्वास्थ्यमा सुधार आएको उनका निजी सचिव कृष्ण खनालले जानकारी दिए । ‘स्वास्थ्य धेरै ठीक भएको छ । ४/५ दिनमा डिस्चार्ज हुनुहुन्छ होला,’ खनालले अनलाइनखबरसँग भने । लामो समय भारतमा उपचार गरी फर्केका गिरीको […]

संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं : संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थमा सुधार आइरहेको अस्पतालले जनाएको छ।  छातीमा असजिलो भएपछि जोशीलाई शुक्रबार साँझ किस्ट अस्पताल भर्ना गरिएको थियो। जोशीको मुटुको चालमा गडबडी आएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए । जोशीको स्वास्थ्यको निरीक्षण मेडिसिन विभागको नेतृत्वमा भइरहेको छ।यसअघि गत माघ तेस्रो साता पनि जोशीलाई छाती र पिसाबमा संक्रमण भएर अस्पताल भर्ना गरिएको थियो। अस्पतालको एक साता बसाइपछि उनी डिस्चार्ज भए

मोहन वैद्य डिस्चार्ज

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज भएका छन्।स्वास्थ्यमा समस्या देखिएपछि असोज ३१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनी आज डिस्चार्ज भएका हुन्। दम रोगबाट पीडित वैद्यको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको हो।

शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज

काठमाडौं : संस्कृतिविद् सत्यमोहन जोशी नौ दिनपछि डिस्चार्ज भएका छन्। ललितपुरको किष्ट अस्पतालमा उपचाररत जोशी शुक्रबार डिस्चार्ज भएका हुन्। श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि जेठ २६ गते अस्पताल भर्ना भएका जोशी शुक्रबार घर फर्किएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ। जोशीको स्वास्थ्यमा सुधार आएसँगै हिँडडुल गर्न सक्ने भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्। वाङ्मय शताब्दी पुरुष जोशी र उनकी पत्नीको किष्ट अस्पतालले निःशुल्क उपचार गर्दै आएको छ।

सत्‍यमोहन जोशीको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज

४ असार, काठमाडौं। वाङमय शताब्दी पुरूष डा. सत्‍यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर जोशीको स्वास्थ्य अवस्था सामान्‍य भएकाले उनलाई शुक्रबार चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको जानकारी दिएको छ । अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल डा. जोशी ज्‍यूको स्वास्थ्यमा सुधार भइ उहाँ हिड्‌डुल गर्न सक्‍नु हुनु भएको छ । […]