संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं : संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थमा सुधार आइरहेको अस्पतालले जनाएको छ।  छातीमा असजिलो भएपछि जोशीलाई शुक्रबार साँझ किस्ट अस्पताल भर्ना गरिएको थियो। जोशीको मुटुको चालमा गडबडी आएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए । जोशीको स्वास्थ्यको निरीक्षण मेडिसिन विभागको नेतृत्वमा भइरहेको छ।यसअघि गत माघ तेस्रो साता पनि जोशीलाई छाती र पिसाबमा संक्रमण भएर अस्पताल भर्ना गरिएको थियो। अस्पतालको एक साता बसाइपछि उनी डिस्चार्ज भए

सम्बन्धित सामग्री

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन् । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा गत साता भर्ना भएका जोशी सोमबार पाटनस्थित निवासमा फर्किएको उनका भान्जा अजर जोशीले जानकारी दिए । निमोनिया लगायतका समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । २५ माघमा अस्तपाल भर्ना भएका जोशी एकसताको […]

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाण्डाै – संस्कृतिविद् सत्यमोहन जोशी आज साेमवार दिउँसाे अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।  उहाँ छाती दुखेपछि उपचारका लागि माघ २५ गते किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।  जोशीको मुटुमा समस्या देखिनुका साथै छातीमा निमोनिया भएको थियो । अस्पतालमा अक्सिजनको सपोर्टमा राखिएका जोशीलाई घरमा पनि केही दिन अक्सिजनको सपोर्टमा राख्नुपर्ने अस्पतालले जनाएको छ ।

शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज

काठमाडौं : संस्कृतिविद् सत्यमोहन जोशी नौ दिनपछि डिस्चार्ज भएका छन्। ललितपुरको किष्ट अस्पतालमा उपचाररत जोशी शुक्रबार डिस्चार्ज भएका हुन्। श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि जेठ २६ गते अस्पताल भर्ना भएका जोशी शुक्रबार घर फर्किएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ। जोशीको स्वास्थ्यमा सुधार आएसँगै हिँडडुल गर्न सक्ने भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्। वाङ्मय शताब्दी पुरुष जोशी र उनकी पत्नीको किष्ट अस्पतालले निःशुल्क उपचार गर्दै आएको छ।

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट घर फर्किनुभयो

ललितपुरको किष्ट अस्पतालमा उपचाररत संस्कृतिविद् सत्यमोहन जोशी नाै दिनपछि घर फर्किनुभएको छ । श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि गत जेठ २६ गते अस्पताल भर्ना हुनुभएको संस्कृतिविद् जोशी आज शुक्रबार घर फर्किनुभएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जोशीको स्वास्थ्यमा सुधार आएसँगै हिँडडुल गर्न सक्ने हुनुभएको अस्पतालद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।