एकैदिन शिलान्यास गरिएका ३९६ आधारभूत अस्पताल बनाउने योजना अलपत्र

सरकारले पालिकास्तरमा आधारभूत अस्पताल बनाउने लक्ष्य लिई शिलन्यास गरेको एक वर्ष पूरा भए पनि सोचे अनुरुपको काम हुन सकेको छैन । धेरै स्थानमा जग्गा विवाद, आर्थिक तथा राजनीतिक विवादले काम सुरु हुन नसकेको देखिएको छ ।

सम्बन्धित सामग्री

ठेकेदार सम्पर्कविहीन भएपछि निर्माणाधीन अस्पताल भवन अलपत्र

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणधिन ‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ योजना अलपत्र परेको छ।   निर्माण व्यवसायीले काम छाडेर सम्पर्कमै नआएपछि ताकममा निर्माणधीन ५ शय्या क्षमताको अस्पताल भवन अलपत्र परेको हो।  गत वर्षको...

अस्पताल निर्माण योजना अलपत्र

सरकारले स्थानीय तहमा आधारभूत अस्पताल बनाउने भन्दै गत वर्ष मंसिर १५ गते देशका ३ सय ९६ स्थानीय तहमा एकै दिन शिलान्यास कार्यक्रम गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरूको शिलान्यास गरेका थिए । जसअनुरूप बैतडीका ७ वटा स्थानीय तहमा पनि आधारभूत अस्पताल बनाउने योजना थियो ।