ठेकेदार सम्पर्कविहीन भएपछि निर्माणाधीन अस्पताल भवन अलपत्र

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणधिन ‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ योजना अलपत्र परेको छ।   निर्माण व्यवसायीले काम छाडेर सम्पर्कमै नआएपछि ताकममा निर्माणधीन ५ शय्या क्षमताको अस्पताल भवन अलपत्र परेको हो।  गत वर्षको...

सम्बन्धित सामग्री

ठेकेदार सम्पर्कविहीन

रामेछापको खाँडादेवी गाउँपालिकामा १५ शय्याको अस्पताल बनाउन सुरु गरेको साढे तीन वर्षभन्दा बढी समय भइसक्यो तर लामो समयदेखि काम रोकिँदा अहिले उक्त अस्पताल भवन निर्माण सम्पन्न भएको छैन । गुणस्तरीय सेवा दिनका लागि गाउँपालिकाले आफ्नै लगानीमा अस्पताल निर्माणको काम सुरु गरेको थियो । खाँडादेवी गाउँपालिका–५, पकरबासस्थित सुलिथम्का सामुदायिक वनमा आत्रिया शिवको बस्नेत जेभीले तीन करोड ७२ लाख रुपियाँमा साढे तीन वर्षअघि नै खाँडादेवी अस्पतालको भवन निर्माण सुरु गरेको थियो । तोकिएको समयमा अस्पताल भवन नबन्दा यहाँका नागरिकले स्तरीय स्वास्थ्य सेवा लिन पाएका छैनन् जसले गर्दा उपचारका लागि जिल्ला सदरमुकाम मन्थली र राजधानी काठमाडौँलगायतका अस्पतालमा जान बाध्य छन् ।

अस्पतालको काम छाडेर ठेकेदार सम्पर्कविहीन

रामेछाप – भवन निमार्णकाे जिम्मा लिएकाे ठेकेदार कम्पनी काम छाडेर सम्पर्कविहीन भएपछि रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बामा निर्माणाधीन १५ शय्याकाे दोरम्बा अस्पतालको निमार्ण काम एक वर्षदेखि अलपत्र परेको छ । दोरम्बा अस्पताल भवन निमार्ण गर्न आरोग्य सुवेदी जेभी कम्पनीले भ्याट र पीएससहित ११ करोड ३० लाख ११ हजार रुपैयाँमा २०७८ सालकाे चैत १६ गतेसम्म सम्पन्न गर्ने गरी २०७७ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले २ करोड २६ लाख रुपैयाँ निकालेर भवनको जग र पिलर हाल्ने काम गरेपछि बीचमै...

अस्पताल भवन छ महिनादेखि अलपत्र

रामेछाप सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ शय्याको मन्थली अस्पताल निर्माणको काम छ महिनादेखि बन्द भएको छ। आगामी मङ्सिर मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने यो अस्पतालको काम २० प्रतिशत पनि पूरा भएको छैन। अस्पतालको काम गएको जेठ महिनाबाट बन्द छ। २० प्रतिशत काम पनि नसकी प्रक्रिया मिलाएर सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापबाट पेस्कीसहित दुई करोड ९० लाख १५ हजार ३५५ रुपियाँ भुक्तानी लिएपछि ठेकेदार सम्पर्कविहीन बनेका थिए।

मन्थली अस्पतालको भवनको काम अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन

मन्थली अस्पताल भवन निर्माणको काम ठप्प पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन् । ठेकेदारले काम अलपत्र छाडेपछि भवन निर्माणको काम गर्ने कामदारको बिचल्ली भएको छ ।