अस्पताल निर्माण योजना अलपत्र

सरकारले स्थानीय तहमा आधारभूत अस्पताल बनाउने भन्दै गत वर्ष मंसिर १५ गते देशका ३ सय ९६ स्थानीय तहमा एकै दिन शिलान्यास कार्यक्रम गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरूको शिलान्यास गरेका थिए । जसअनुरूप बैतडीका ७ वटा स्थानीय तहमा पनि आधारभूत अस्पताल बनाउने योजना थियो ।

सम्बन्धित सामग्री

शिलान्यासको एक वर्षपछि सरुवा रोग अस्पताल निर्माणको अनुमति

शिलान्यास भएको एक वर्षपछि प्रदेश सरुवा रोग अस्पताल निर्माणका लागि बल्ल वन क्षेत्र प्रवेशको अनुमति मिलेको छ । पूर्वपश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–५ चन्द्रौटामा वनको जग्गा सट्टा भर्ना वापत मूल्यांकन भई तिर्नुपर्ने रकम दुई करोड ९२ लाख ७७ हजार रुपैयाँ जोहो गर्न नसक्दा सरुवा रोग अस्पताल निर्माण योजना अलपत्र परेको थियो ।