सन्दीप लामिछाने लंका प्रिमियर लिगको ड्राफ्टमा

१९ असार काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने दोस्रो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) को ड्राफ्टमा परेका छन् । गत वर्ष उनी ड्राफ्टमा परेपनि छनोट हुन सकेका थिएनन् । आयोजक श्रीलंका क्रिकेटले यस सिजनका लागि ड्राफ्टमा परेका खेलाडीको नाम सार्वजनिक गर्दै सन्दीपको नाम पनि समावेश भएको जनाएको छ ।

सम्बन्धित सामग्री

लंका लिगको अक्सनमा सन्दीप लामिछाने 'अनसोल्ड'

काठमाडौँ- श्रीलंकामा हुने लंका प्रिमियर लिग २०२३ को 'अक्सन'मा सन्दीप लामिछाने अनसोल्ड भएका छन् । नेपालका लेग स्पिनरसन्दीपलाई कोलम्बो स्ट्राइकर्स, डम्बुला आरा, गाले टाइटन्स, जाफना किंग्स, बी-लभ क्यान्डी कसैले  पनि खरिद गरेनन् । उनलाई न्यूनतम ३० हजार अमेरिकी डलरमा खरिद गर्नुपर्ने थियो ।  चौँथो संस्करण...

लंका प्रिमियर लिगः सन्दीप अनसोल्ड

नेपाली क्रिकेटर सन्दीप लामिछाने लंका प्रिमियर लिग क्रिकेटको अक्सनमा अनसोल्ड भएका छन् । उनलाई कुनै पनि टिमले अनुबन्धित नगरेपछि अनसोल्ड भएका हुन् ।

सन्दीप लामिछाने एलपीएलको अक्सनमा

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) खेलाडी छनोटको अक्सनमा परेका छन् । नेपाली क्रिकेट टिमका पूर्व कप्तान लामिछाने एलपीएलको इतिहासमै पहिलो पटक हुन लागेको अक्सनमा परेका हुन् । श्रीलंका क्रिकेट बोर्डले सोमबार सार्वजनिक गरेको अक्सनको लिस्टमा उनको नाम समेटिएको हो । विदेशी खेलाडीको कोटामा नेपालबाट सन्दीपको नाम समेटिएको हो। एलपीएलको […]

सन्दीप सहभागी लंका प्रिमियर लिग डिसेम्बरमा हुने

२५ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आबद्ध भएको लंका प्रिमियर लिग (एलपीएल) अब नयाँ मितिमा हुने भएको छ । श्रीलंका क्रिकेट (एसएलसी)ले लिग आगामी डिसेम्बर ६ देखि २३ सम्म हुने जनाएको …

सन्दीप आबद्ध लंका प्रिमियर लिग स्थगित

२ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आबद्ध भएका लंका प्रिमियर लिग (एलपीएल) स्थगित भएको छ । एलपीएल आगामी अगष्ट १ देखि ३१ सम्म हुने तय थियो । तर श्रीलंका क्रिकेट (एसएलसी) ले तत्काका लागि लागु हुने गरी लिग स्थगित भएको जनाएको छ । श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता सरेको […]

अन्तरराष्ट्रिय फ्रेन्चाइजमा फर्किदै सन्दीप : एलपीएल र सीपीएल खेल्दै

नेपाली राष्ट्रिय टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने पुनः प्रतिष्ठित अन्तरराष्ट्रिय टी-२० फ्रेन्चाइज क्रिकेटमा फर्किने भएका छन्। मंगलबार मात्रै श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी-२० मा डम्बुला जायन्ट्समा आबद्ध सन्दीपलाई बुधबार क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि जमैका तालाबाजले अनुबन्धन गरेको छ।सन्दीपले २०१८ देखि वेस्ट इन्डिज क्रिकेट बोर्डले आयोजना गर्दै आएको सीपीएलमा आफ्नो उपस्थिति देखाउँदै आएका छन्। गत संस्करण उनी ट्रिन्बागो नाइट राइडर्समा अनुबन्ध भएका थिए तर सोही समयमा नेपा

सन्दीप लामिछाने श्रीलंकाको प्रिमियर लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् । उनलाई श्रीलंकाको प्रिमियर लिग खेल्न डम्बुला जाइन्ट्सले ४०,००० अमेरिकी डलर दिने भएको छ ।

सन्दीप लामिछाने लंका प्रिमियर लिगको छनोटमा पर्न सफल

एजेन्सी : नेपाली लेग स्पिनर सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपिएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा पर्न सफल भएका छन्।   ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्यूनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन्। सन्दीप हाल इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटलमा आब...