नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा बन्ने नयाँ सरकारलाई सेयर बजारले स्वागत गरिसकेको छ । नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सेयर बजार परिसूचक आज सोमबार एकै दिन ५६ अङ्कले उचालिएको छ । यससँगै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ सय २४ अङ्कमा पुगेको छ । बजार उच्च अङ्कले बढिरहँदा प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारका अर्थमन्त्री विष्णु पौडेल र नेपाली सेयर बजारबीच भने छुट्टै कनेक्सन छ । प्रधानमन्त्रीमा प्रचण्डको तेस्रो इनिङ्स जस्तै पौडेल तेस्रो पटक अर्थम