सेयर बजार २० अंकले बढ्यो, वर्षको दोस्रो दिन नयाँ कीर्तिमान

काठमाडौं। वर्षको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २० अंकले बढेको छ। दोहोरो अंकको वृद्धिसँगै नेप्सेले नयाँ अंकको कीर्तिमान कायम गरेको छ। आज ८ अर्ब ६३ करोड रूपैयाँबराबरको कारोबार भई एक करोड ९० लाख कित्ता किनबेच भएको छ। बजार उत्साहजनक रूपमा बढे पनि व्यापार र जलविद्युत् समूह घटेका छन्। आजको वृद्धिसँगै नेप्से सूचक २,७३५ अंकमा पुगेर रोकिएको छ।