घट्दो राजस्वको चिन्ता

आयातनिर्यातको प्रमुख नाका मानिएको वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष (आव) २०७९/८० को ६ महीनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन । उक्त भन्सारले साउनदेखि पुससम्म लक्ष्यको ६२ दशमलव ४ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । यतिखेर वीरगञ्ज भन्सार मात्र नभई अन्य भन्सारबाट पनि लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन । चीनसँग जोडिएको उत्तरी नाकाको पनि हालत उस्तै छ । सरकारी राजस्वमा भन्सारको अंश अत्यधिक रहेको नेपालका लागि भन्सार कम उठ्दा सरकारी खर्च धात्र समस्या पर्न सक्छ । अहिले सरकारी खर्च धात्रकै लागि नेपालले विकास साझेदारहरूसँग कर्जा लिइरहेको देखिन्छ । त्यसैले सरकारी आम्दानी राजस्वबाहेक अन्य क्षेत्रबाट पनि उल्लेख्य मात्रामा उठ्नु आवश्यक देखिन्छ । बजेटमा राजस्वको अंश ७० प्रतिशतभन्दा बढी देखिन्छ भने कुल राजस्वमा करको अनुपात औसतमा ९० प्रतिशत रहेको पाइन्छ । राजस्वको ठूलो स्रोत भन्सार नै हो । सरकारले विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि आयात नियन्त्रणका लागि लिएको कडाइपछि सवारीसाधनको आयात ठप्प भयो । भन्सार राजस्वमा पनि सबैभन्दा ठूलो अंश सवारीसाधनको रहेको देखिन्छ किनभने निकै ठूलो परिमाणमा कर लगाइएको छ । अहिले सरकारले आयात खुला गरेको छ तर पनि आयात बढ्न सकेको छैन । यसको कारण कर्जाको ब्याजदर चर्को हुनु हो । कर्जाको ब्याजदर घटाएर आयात बढ्न दिइयो भने फेरि विदेशी विनिमयमा दबाब पर्नेछ । अहिले नेपाल राष्ट्र बैंकले आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने प्रावधानसमेत हटाएको छ । अब ठूलो परिमाणमा आयात हुन थाल्ने देखिन्छ । यद्यपि बजारमा माग कम देखिएकाले पहिलाजस्तै आयात हुन्छ भनेर ठोकुवाचाहिँ गर्न सकिँदैन । राजस्वमा भन्सारको अंश ठूलो हुनु राम्रो होइन । अप्रत्यक्ष करका रूपमा भन्सारले सामानको मूल्य बढाउँछ र त्यसको भार उपभोक्ताको टाउकोमा हालिदिन्छ । नेपालको अर्थतन्त्र नै आयातमा निर्भर रहेको छ । विप्रेषण आयका कारण बढेको माग आपूर्तिका लागि आयात हुने गरेको छ । अत: भन्सारबाट राजस्व बढाउने नीतिभन्दा अन्य स्रोतबाट राजस्व उठाउनेतिर सरकार लाग्नुपर्छ ।

सम्बन्धित सामग्री

स्थानीय बाली मासिने किसानलाई चिन्ता

गण्डकी प्रदेशका कृषकले स्थानीय बालीका बीउ मासिने चिन्ता व्यक्त गरेका छन्।

सबै दललाई महामन्त्रीको आह्वान : चार वर्ष देश बनाउने चिन्ता गरौँ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको चार वर्ष निर्वाचनको चिन्ता नगर्न सबै दलहरूलाई आग्रह गरेका छन्। शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भर्खरै निर्वाचन सम्पन्न भएको अवस्थामा आगामी निर्वाचनभन्दा देशको चिन्ता गर्न सबै दललाई आग्रह गरेका हुन्।‘कतिपय मान्छेलाई मिशन ०८४ लागेको छ। त्यो भनेको ०८४ मा जित्ने र बहुमत ल्याउने। ०७४ मा चुनावमा भयो‚ ०७९ को चिन्ता, ०७९ मा चुनाव भयो ०८४ को चिन्ता, ०८४ मा चुनाव भए ८९ को चिन्ता। अनि देशको चिन्

प्रधानमन्त्री कार्यालयमा अर्थतन्त्रको चिन्ता

नेपालको संकटोन्मुख अर्थतन्त्रप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालय र बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले संयुक्त रूपमा आयोजना गरेको ‘देशको अर्थतन्त्रले भोगिरहेका समस्या र समधानका उपाय’ विषयक अन्तक्र्रियामा...

म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन : अल्मुताइरी

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो स्वास्थ्य अवस्था ठिक भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गोर्खाली भएको कारण केही नुहने भन्दै समर्थकहरुलाई चिन्ता नलिन आग्रह गरे । ‘म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन,’ अल्मुताइरीले फेसबुकमा लेखेका छन् ।अल्मुताइरी नेपाल र कुवेत बीचको खेल दौरान बेहोस भएर मैदानमा लडेका थिए । उक्त खेलमा नेपाल कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।

साहित्यकारहरूले गरे देशप्रति चिन्ता

भक्तपुरका साहित्यकारहरूले देशप्रति पिर गरेका छन्। उनीहरूले 'देशको मायाले पिर दियो' भन्दै चिन्ता साटेका हुन्।...

प्रचण्डलाई एक्लिने चिन्ता

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्ट पेश गर्दै आफूलाई पनि कहिलेकाहीँ १÷२ वर्षपछि यस्तै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताए । आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको […]

अफगानिस्तानमा रहेका नेपालीहरूबारे राप्रपाको चिन्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीहरूप्रति चिन्ता व्यक्त गरेको छ। आइतबार राप्रपाका तीन अध्यक्ष पशुपती शमसेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त वक्तव्य जारी गर्दै अफगानिस्तानमा रहेका नेपालीहरूबारे...

चिन्ता

निकिताको मनमा अर्कै चिन्ता थियो –यो कोरोनाको कहरभरि मेरो छोरालाई कसरी घरमै राख्ने होला? आफैलाई कतिबेला बाहिर निस्कनुजस्तो भाछ ?...

सरकारबाट बाहिरिँदा मलाई रत्तीभर चिन्ता छैन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकारबाट बाहिरिँदा रत्तीभर चिन्ता नभएको दाबी गरेका छन् । सोमबारको सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीबाट बिदा हुनुअघि सम्बोधन गर्दै ओलीले आफूले देश र जनताको पक्षमा काम गरेकोले कुनै चिन्ता नभएको बताएका छन् । उनले आफ्नो नेतृत्वमा चौतर्फी विकास भएको दाबी समेत गरे । कुनै व्यक्तिको इच्छा पूरा गर्न नेपालको संविधान र लोकतान्त्रिक प्रणालीमा खेलाँची भएकोमा चिन्ता रहेको उल्लेख गरे । उनले नेपालका लागि चाहिने कोभिड खोपको आफूले व्यवस्थापन गरेको पनि दाबी गरे । उन