काठमाडौंः सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि ३७ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा देशभर स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने उल्लेख छ। सरकारले आगामी आर्थिक वर्षमा मेलम्चीको पानी पथान्तरणका लागि स्थायी एवं भरपर्दो व्यवस्थापन गर्ने…