रोटरी ई क्लब ३२९२ द्वारा कोलावोरेटिभ स्कुल नेटवर्कको संयोजनमा ललित कल्याण केन्द्र आधारभूत विद्यालय , भोलढोका – ९, ललितपुरमा अभिभावक शिक्षा कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा अभिभावक शिक्षा प्रशिक्षक प्रतिमा लामाले स्रोत व्यक्तिका रुपमा बालबालिकालाई हुर्काउने क्रममा अभिभावकहरुको महत्वपूर्ण भूमिकालाई प्रकाश पार्दै सहभागी अभिभावकहरुको बालबालिका हुर्काउने क्रममा हुने समस्याहरु अनि तिनका समाधानका बिषयमा चर्चा गरिन्। […]