विद्युत नियमन आयोगका अध्यक्ष तथा सदस्यहरु हटाउन सिफारिस

८ फागुन, काडमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष तथा सदस्यहरुले काम, कर्तव्य, अधिकार पूरा गर्न नसकेको र जिम्मेवारीअनुसार छानबिनबाट देखिएको छ । विद्युत नियमन आयोगका अध्यक्ष तथा दुई सदस्यहरुको कार्यक्षमताको छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई प्रतिवेदन बुझाएको पदीय दायित्व पूरा नगरेको ठहर गरिएको छ । उच्च अदालतका पूर्व मुख्य न्यायाधीश […]

सम्बन्धित सामग्री

हकप्रद निष्काशन गर्ने अपर तामाकोशीको निर्णय, चुक्ता पुँजी २१ अर्ब पुग्ने

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको आज बिहिबार बसेको संचालक समितिको बैठकले हाल कायाम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । अब कम्पनीको उक्त प्रस्ताव आगामी साधारणसभामा पेश हुने छ । साधारणसभाले पारित गरेपछि विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रहेको छ । कम्पनीमा विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, तथा नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको समान २ प्रतिशत लगानी छ । त्यस्तै कम्पनीमा आयोजना प्रभावित स्थानीयको १० प्रतिशत र आम सर्बसाधारणको १५ प्रतिशत लगानी छ । बाँकि लगानी भने कर्मचारी संचय कोषका संचयकर्ता, आयोजनामा कर्जा लगानी गरेका संस्थाका कर्मचारी र विद्युत प्राधिकरणका कर्मचारीको छ । कम्पनीका अध्यक्ष कुलमान घिसिङले १ वर्ष अगाडी तामाकोशीले हकप्रद निष्काशन गरेर ऋण तिर्नु पर्ने र कम्पनीमा ऋण घटाउदै इक्विटी बढाउनु पर्ने बताएका थिए । उनले हकप्रद निष्काशन गरेर कम्पनीको ऋण तिर्न सकेको खण्डमा बिजुली बिक्रिबाट हुने आम्दानीले राम्रो प्रतिफल प्रदान गर्न सकिने उल्लेख गरेका थिए । कम्पनीले ७७/७८ को साधारणसभा आह्वान गरेको छैन ।हाल कम्पनीले ४५६ मेगावाटको अपार तामाकोशी आयोजना सम्पन्न गरि उत्पादन गरिरहेको छ।त्यस्तै कम्पनीले रोल्वालिङ खोलामा २२ मेगावाटको अर्को आयोजना निर्माणको तयारी गरिरहेको छ । रोल्वालिङ छोरोल्पा हिमतालबाट निस्केको पानी बग्ने खोला हो । रोल्वालिङ खोलाको पानी माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा माथि लगेर खसाइने र त्यसबाट २२ मेगावाट विजुली उत्पादन गर्ने कम्पनीको तयारी छ। तामाकोशीको ऋण तिर्न र रोल्वालिङ खोला आयोजना निर्माण गर्न कम्पनीले हकप्रद निष्काशन गर्ने चर्चा बजारमा थियो । कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गरेमा कम्पनीको चुक्ता पुँजी २१ अर्ब नाघ्ने छ ।

विद्युत नियमन आयोगमा अध्यक्ष र ३ सदस्य नियुक्तिको लागि दरखास्त आह्वान

सरकारले रिक्त रहेको विद्युत नियमन आयोगका अध्यक्ष र एक महिला सहित ३ सदस्य नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । सिफारिस समितिले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम विद्युत नियमन आयोगको रिक्त अध्यक्ष (एक) र तीन सदस्य (एक जना महिलासहित) पदमा नियुक्तिका लागि सोही दफामा तोकिएबमोजिम आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उम्मेदवारहरूलाई १५ दिनभित्र उक्त ऐनको दफा ७ को उपदफा (१) बमोजिम गठित सिफारिस समिति समक्ष मन्त्रालयमा आवेदन पेश गर्न आग्रह गरेको छ। आवेदन दिँदा विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची-१ बमोजिमको आवेदन (आवेदन साथ व्यक्तिगत विवरण, नोटरी पब्लिकबाट प्रमाणित शैक्षिक योग्यताका प्रति र कार्य अनुभवसम्बन्धी कागजात) पेश गर्नु पर्ने छ। त्यस्तै विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची-२ बमोजिमको स्वघोषणा पेश गर्नु पर्ने छ। कार्ययोजनाको ढाँचा र यससम्बन्धी थप जानकारी सिफारिस समितिको सचिवालयबाट प्राप्त गर्न सकिने र आवेदन पेश गरेका उम्मेदवारहरूमध्ये कार्ययोजनाको मुल्यांकनबाट छनौट भई संक्षिप्त सूचीमा परेका बढीमा ५ जना उम्मेदवारहरूलाई कार्ययोजना प्रस्तुतिका लागि इमेल वा एसएमएस वा टेलिफोनबाट सूचित गरिने समितिले जनाएको छ।सरकारले आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, र सदस्यद्वय रामेश्वर कलवार तथा भागीरथी ज्ञवालीलाई बर्खास्त गरेपछि नयाँ नियुक्त प्रक्रिया सुरु गरेको हो  । फागुन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई बर्खास्त गरेको थियो  । आयोगका अर्का सदस्य डा. राम प्रसाद धितालले भने राजिनामा दिएका थिए  । छानविन समितिको सिफारिसमा सरकारले अध्यक्ष दिल्लीबहादुर सिंह, र सदस्यद्वय रामेश्वर कलवार तथा भागीरथी ज्ञवालीलाई बर्खास्त गरेको थियो  ।  उर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा विद्युत नियमन आयोगका अध्यक्ष र सदस्यहरुमाथि छानविन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेकाे थियो । समितिका सदस्यहरुमा  पूर्वसहसचिवद्वय विष्णु थापा र आशिष घिमिरे थिए ।  आयोगका अध्यक्ष सिंह र अन्य सदस्यहरुलाई केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

सय जलविद्युत कम्पनीको साधारणसभा प्रभावित

नेपाल विद्युत नियमन आयोग निष्कृय भएपछि एक सयभन्दा बढी जलविद्युत कम्पनीको साधारणसभा प्रभावित भएको छ । सरकारले आयोगका सदस्यहरुको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै छानबिन समिति गठन गरेपछि एक साता अघिदेखि अध्यक्ष र दुई सदस्य निलम्बनमा परेका छन् । योसँगै आयोगले काम गर्न नसक्दा जलविद्युत प्रवद्र्धक कम्पनीहरुको साधारणसभा प्रभावित भएको हो ।पुसभित्र साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था भए […]